कोरोना भाइरस बाट त्रसित नभई सतर्कता अपनाउन कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाको अपिल

कोरोना भाइरस बाट त्रसित नभई सतर्कता अपनाउन कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाको अपिल

कपन अनलाइन

काठमाडौं चैत्र ९। विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड¬–१९) नेपालमा आउनसक्ने उच्च जोखिम रहेको तर्फ सचेत गराउँदै  कागेश्वरी मनोहरा  नगरपालिका प्रमुख कृष्णहरि थापाले आम नगर बासीलाई सतर्कता अपनाउन  अपिल  गरेका छन्।

 उनले विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बारेमा आतंकित नभई सतर्कता अपनाउन नगर बासिलाइ अनुरोध गर्दै कोरोनाको बारेमा  नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्वका  साथ महत्वपूर्ण भूमिका निर्वाह गर्न सबै राजनीतिक दल, संघ संस्था र सबै सञ्चार माध्यमलाई विशेष आग्रह  समेत गरेका छन  ।

 कोरोना भाइरस बाट नगरवासीलाई सुरक्षित राख्नका लागि कागेश्वरी मनोहरा   नगरपालिकाले तयारी तीव्र बनाएको  जानकारी गराउदै विश्व ब्यापी महामारी का रुपमा रहेको यस प्रकोप बाट नगरवासीलाई सुरक्षित राख्नका लागि र उनीहरुमा सचेतना पुर्याउन नगरपालिकाले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउदै नगर प्रमुख कृष्ण हरि थापाले त्यसका लागि सबै किसिमको तयारी गरिरहेको जानकारी दिएका छन ।

उनले कोरोना संक्रमण हुन नदिन  आवश्यक सावधानी अपनाए रोगबाट बच्न सकिने  र  सरकारले समेत  कोरोना भाइरस संक्रमण हुन नदिन उच्च सतर्कता देखाएको हुँदा अहिले नै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउदै  ‘तर, केही छैन भनेर ढुक्क बस्ने होइन, सकेसम्म त्यो महामारीलाई आउनै नदिने गरी आम नागरिकले सतर्कता अपनाउन आवश्यक  रहेको बताए।उनले कागेश्वरी मनोहरा  नगरपालिकाले पनि बिभिन्न तयारी गरेको जानकारी गराए। उनले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मा रहेको मुलपानी नगर अस्पताल जुन २५ बेडको अस्पताल खोल्न तयारी भैरहेको अस्पतालमा २ वटा रूममा आइसोलेसन रुमको लागी तयारी अबस्थामा राखेको  जानकारी गराए  ।

उनले कागेश्वरी मनोहरा नगरपालिकाका बिभिन्न वडामा   दैनिक उपभोग्य सामानको बिक्रि बितरण तथा मौज्दातको नगर प्रमुख सहितको टोलीले अनुगमन गरिनुको  साथै दैनिक उपभोग्य सामान बिक्रि गर्ने ब्यबसायीहरू लाई नगरपालिका बाट अनुगमन गर्न आउने टोलि लाई आफ्नो पसलमा भएको मौज्दात बिवरण उपलब्ध गराई सहयोग गरिदिनहुन समेत अनुरोध गरिएको जानकारी गराए। उनले कागेश्वरी मनोहरा नगरपालिका आफैले  कपडाको मास्क उत्पादन गरी सबै वडामा पठाउन सुरु गरेको बताए  । यद्यपी उत्पादित मास्कको लागत मूल्य रु १५ परेको र रु १५ मै वितरणको व्यवस्था गरिएको नगरप्रमुखले जानकारी  दिए।

उनले कोरोना भाइरसको त्रास देखाएर दैनिक उपभोग्य समानको  कृतिम अभाब सिर्जना नहोस  तथा कालोबजारी नहोस भनेर नगरपालिकाले अनुगमन गरिरहेको जानकारी गराएका थिए।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) त्रासका बेला केही व्यापारीहरुले दैनिक आवस्यकताका समानमा कृतिम अभाव सिर्जना गरी बढी मूल्य लिइ सामान बेच्ने गरेको जानकारी प्राप्त भएको भन्दै बजार अनुगमन तिब्र गर्ने निर्णय गरिए अनुसार सो कार्य अघि बढिरहेको जानकारी गराए।

उनले त्यसको लागि नगरप्रहरी तथा सम्बन्धीत वडाका जनप्रतिनिधिलाई यस कार्यको जिम्मेवारी तोकिएको समेत  जानकारी गराउदै ‘कहि कसैलाई यस्तो कार्य गरे गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने भन्दै त्यस्ता कार्य गरेको पाइएमा उजुरी गर्नहुन अनुरोध गरेका छन्। उनले

नगरपालिकाले उजुरीकर्ताको नाम गोप्य राखिने जानकारी दिँदै नगर प्रमुख ९८५१०२७१२१, उपप्रमुख ९८४३०१५७९९, नगर प्रवक्ता ९८५१०९४९२२ र नगरप्रहरी ९८४९४२०३४० र ९८६००३४८१० नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन्  । उनले हाछयुँ गरेपछि वा खोकेपछि, खाना पकाउनु वा खानुअघि, शौचालय प्रयोगपछि, बिरामी भेटेपछि हात फोहर भएमा वा जनावर छोएपछि अनिवार्यरुपमा हात धुन सबैलाई अनुरोध गर्दै साबुनपानीले हात धुन, फोहर हातले नाक, मुख र आँखा नछुन, हाछ्युँ गर्दा वा खोक्दा नाक र मुख बन्द गर्न वा रुमाल प्रयोग गर्न, रुघाखोकीको सङ्क्रमण भएका वा श्वासप्रश्वास सम्बन्धी समस्या हुने व्यक्तिको निकटमा नबस्न पनि अनुरोध गरेका हुन।  उनले नगरपालिकाले कोरोना भाइरस सम्बन्धि जनचेतनामुलक कार्यक्रमका साथै आवश्यक पूर्वतयारी गरिरहेको जानकारी गराए।

उनले सरकारले दिएको  निर्देशनलाइ अक्षरस पालना गर्दै आफु पनि बाँचौ र अरूलाइ पनि बचाउ भन्ने भावनाका साथ जनता आफै जागरूक हुन अपिल गर्दै उक्त भाइरस बारे जनचेतना जगाउन प्रचार प्रसारमा नगरपालिकाका सम्पुर्ण संयन्त्र लगाउने जानकारी गराए।उनले भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न नगरबासीलाइ आग्रह गरेका छन् । उनले नगरपालिकाले विपद व्यवस्थापनको लागि रयापिड रेस्पोन्स टिम तयार गरिएको  जानकारी गराए ।

 त्यसै गरि नगरपालिकामा एम्बुलेन्स  तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्ने ,आवश्यक परे नगर भित्रका केहि सामुदायिक भवनहरूमा क्वारेन्ट टाइन स्थलको  रूपमा ब्यवस्थापन गर्न लागिएको  जानकारी गराउदै नेपाली सेना र नेपाल प्रहरी सहित स्वास्थ्यकर्मीहरु संग नियमित छलफल गर्दै सम्पर्कमा रहेको जानकारी गराए। उनले  स्वास्थ्य कर्मीहरुलाई बिदामा नबसी तयारी अवस्थामा राखिने पनि  जानकारी गराउदै  कोरोना भाइरसबाट बच्न जनता आफै अनुशासित हुनु पर्ने र अनाआवश्यक भिडभाड नगर्न  अनुरोध समेत गरेका छन ।उनले कोरोना भाइरस बाट त्रसित नभई सतर्कता अपनाउन आम नगरबासीलाइ अनुरोध गरेका छन।

 सरकारले कोरोना भाइरसको सङ्क्रमण नेपालमा नरहेको भन्दै सर्वसाधारणलाई आश्वस्त पारेको बताउदै उनले बढी भीडभाड हुने सभा, सम्मेलन, कार्यक्रममा कोरोना भाइरसको जोखिम हुने भएकाले हाल यस्ता कार्यक्रम नगरपालिकाले  स्थगन गरेको जानकारी दिँदै रोकथामका लागि हरेक उपाय अवलम्बन गर्ने प्रतिबद्धता जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।