नगरवासीको सुरक्षाका लागि बुढानिलकण्ठ र टोखा नगरपालिकाले संयुक्त पहल गर्ने
कपन अनलाइन
काठमाडौं ,चैत ९।
बुढानिलकण्ठ र टोखा नगरपालिकाले विश्वब्यापी प्रकोपका रुपमा रहेको कोभिड १९ कोरोना भाइरस बाट नगरवासीलाई सुरक्षित राख्नका लागि संयुक्त रुपमा पहल गर्ने भएका छन ।
बागमती प्रदेस सभा सदस्य दिपक निरौलाको संयोजनमा बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल ,टोखा नगर प्रमुख प्रकास अधिकारी ,बुढानिलकण्ठ नगर उप प्रमुख रमा राई,टोखा नगर उप प्रमुख ज्ञानमाया डंगोल ,नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठकाअध्यक्ष रबिन अधिकारी ,नेकपा टोखा अध्यक्ष दिपक बानिया ,नेकपा बुढानिलकण्ठ सचिव प्रदिप डंगोल ,नेकपा टोखा सचिव सत्य नारायण डंगोल सहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
उक्त छलफलमा दुवै नगरपालिकाका प्रमुखले अहिले सम्म नगरपालिकाले प्रकोप संग जुध्नका लागि गरेको तयारी र आगामी दिनमा तर्जुमा गरिएको योजनाका वारेमा जानकारी गराएका थिए ।
साथै सो छलफलमा नगरपालिकाका जनतालाई सुसुचित गराउन पार्टीका कार्यकर्ता परिचालन ,आवस्यक सामाग्रीको व्यवस्थापन तथा भैपरी आउने अवस्थाको आंकलन गरेर गर्नु पर्ने सपूर्ण तयारीलाई द्रुत गतिमा अगाडी बढाउने वारे छलफल भएको थियो ।
सो अवसरमा आइसोलेसन स्थल व्यवस्थापन ,जनशक्ति व्यवस्थापन ,मास्क वितरण तथा नगरपालिकाका जनतालाई उनीहरुले खोजेको अवस्थामा उपचार र अन्य आपतकालीन सहयोग उपलव्ध गराउन तयारी अवस्थामा टिम राखेर परिचालन गर्ने वारेमा पनि छलफल गरिएको थियो।
सो छलफल पश्चात आझै दुवै नगरपालिकामा कार्यपालिका र सर्वदलीय बैठक बसेर काम अगाडी बढाउने सहमति भएको थियो ।