नेकपा बागमती प्रदेस प्रचार विभागको कार्यविभाजन प्रती असन्तुष्टि राख्दै प्रेस संगठन इन्चार्ज विश्वमणि सुवेदीको राजीनामा

नेकपा बागमती प्रदेस प्रचार विभागको कार्यविभाजन प्रती असन्तुष्टि राख्दै प्रेस संगठन इन्चार्ज विश्वमणि सुवेदीको राजीनामा

कपन अनलाइन 

काठमाडौं फागुन ३० ।प्रेस सङठन नेपाल बागमती प्रदेशका इन्चार्ज /संयोजक विश्वमणि सुवेदीले नेकपा बागमती प्रदेशको प्रचार तथा प्रकाशन विभागको कार्यविभाजन प्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएका छन।

नेपाल कम्युनिस्ट पार्टीको प्रचार र प्रेस हेर्ने आधिकारिक संगठनका रूपमा रहेको प्रेस संगठन संग कुनै परामर्श तथा छलफल नगरी निर्णय गरेकोमा आफ्नो असहमति रहेको भन्दै सुवेदीले उक्त कमिटी बाट राजिनामा दिएका हुन।

फागुन २९ गते नेकपा बागमती प्रदेशको प्रचार तथा प्रकाशन विभागको सपथ पश्चात् कमिटीको बैठक बाट कार्यविभाजन गर्ने भनिएकोमा कमिटीमा छलफल नै नगरी सिधै नाम प्रस्ताव भएकोमा सुवेदी लगायत अन्य सदस्यहरुले विरोध गरेका थिए ।

उक्त बैठकमा बिरोध भए पछि नेकपा बागमती प्रदेशका अध्यक्ष नारायण दाहालले विभागका उप प्रमुख जुन पुर्व पार्टीले पायो सोही पुर्व पार्टीले सचिव पाउने विधि अनुसार सचिव चयन गरिएको जानकारी दिएका थिए ।

सो बैठकले प्रचार विभाग प्रमुख सागर नेपाल उपप्रमुख टंकलाल घिसिङ र सचिव ध्रुवप्रसाद घिमिरे रहने निर्णय गरेको थियो ।

उक्त कमिटीको कार्य विभाजन प्रति असन्तुष्ट रहेका सुवेदीले पार्टी एकीकरण भैसके पछि कोटा वा आरक्षण भन्ने कुनै कुरा नहुने र बरिस्ठता तथा अनुभवका आधारमा जिम्मेवारी प्रदान गर्ने संगठनको पदत्ती सबैले मान्नु पर्ने बताएका छन ।

आरक्षण वा कोटाका नाममा बरिस्ठ माथी कनिष्ठ ब्यक्तिको नेतृत्व रहने कुरा कम्तीमा प्रेस संगठन जस्तो महत्वपूर्ण संस्थालाई मान्य नहुने भन्दै आफूले सो जिम्मेवारीमा नरहने बताएका छन।

तपाइँको प्रतिक्रिया ।