श्री आरुबारी युवा क्लब द्वारा आयोजित प्रथम अन्तर बिध्यालय सेभेन ए साइड मेयर कप फुटसलको उपाधि मनकामना स्कुललाई
कपन अनलाइन
काठमाडौँ फागुन २६ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ आरुबारीमा रहेको श्री आरुबारी युवा क्लब द्वारा विकास, अनुशासन र गतिशिलता खेलाडीको पहिचान ,आपसी सदभाब, भातृत्व र सदाचार हाम्रो अभियान , राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराको साथमा आयोजित प्रथम अन्तर बिध्यालय सेभेन ए साइड नक आउट मेयर कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
गोकर्णेश्वर माकलबारी स्थित मनकामना फुटसलमा आइतबार एक समारोहका बीच उक्त प्रतियोगिता सम्पन्न भएको भएको हो ।फागुन २२ गते बाट लिग कम नक आउट आधारमा खेलाइएको सो प्रतियोगितामा कुल १२ बिध्यालयका १५ वटा टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा समाजसेवी, पुर्व लायन्स गभर्नर तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमार राज सुवेदी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकारदिपक रिसाल , जनजाती क्षेत्र नं ३ काठमाडौंका सभापति साम्देन लामा,
गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा सदस्य पुरुषोत्तम थापा,युवा नेता तथा समाजसेवी बुद्दिमान तामाङ, मुक्ति नाथ विकास बैंक लिमिटेड जोरपाटी कि शाखा प्रबन्धक निरु लामा, शिक्षा सेवी जगन्नाथ देबकोटा समाजसेवी नबिन बज्र लामा, युवा समाज सेवी एबम डांडा गाउ टोल सुधार समितिका अध्यक्ष राजेश दाहाल ,आयोजक संस्थाका उपाध्यक्ष सुरेन्द्र मान सिंह बस्नेत, सचिब निर्मल पौडेल, कोषाध्यक्ष प्रदिप मान सिंह बस्नेत, सदस्यहरु प्रकाश श्रेष्ठ, अनिता गुभाजु लामा मन्जिना लामा ,लगायत सहभागी बिद्यालयका प्रिन्सिपल शिक्षक प्रतिनिधि, सहित खेलाडी र खेलप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता श्री आरुबारी युवा क्लबका अध्यक्ष फुर्साङ तामाङले गरेका थिए भने कार्यक्रम संचालन ज्ञानेन्द्र घलेले गरेका थिए। राष्ट्रिय गान संगै शुरु भएको समापन कार्यक्रममा अतिथिहरुलाई श्री आरुबारी युवा क्लबका निर्मल पौडेल र सुरेन्द्र बस्नेतले खादा र ब्याज वितरण सहित स्वागत गरेका थिए ।कार्यक्रम संचालक ज्ञानेन्द्र घलेले श्री आरुबारी युवा क्लबको संक्षिप्त परिचय सनागे उपस्थित सबैलाई स्वागत गरेका थिए ।
कार्यक्रममा युवा नेता समाजसेवी बुद्दिमान तामाङ, जनजाती क्षेत्र नं ३ काठमाडौंका सभापति साम्देन लामा, मुक्ति नाथ विकास बैंक लिमिटेड जोरपाटी कि शाखा प्रबन्धक निरु लामा गोकर्णेश्वर नगरपालिकाका सल्लाहकार दिपक रिसाल, समाजसेवी, पुर्व लायन्स गभर्नर तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमार राज सुवेदी लगायतले आयोजक लाइ धन्यबाद दिदै बिद्यार्थीहरुको खेल प्रतिको अभिरुचिलाई मध्यनजर गर्दै आरुबारी युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गरि सफलता पुर्वक सम्पन्न गरेकोमा धन्यबाद दिएका थिए।
उनीहरुले खेलाडीहरु खेलेरनै बाच्न सक्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए भने गोकर्णेश्वर नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको खुसि ब्यक्त गरेका थिए। स्वस्थ जीवन, राष्ट्रको गर्विलो पहिचान र एकताका लागि पनि खेल अपरिहार्य भएको बताएका थिए।उनीहरुले बिद्यार्थीको सामाजिक, शारिरिक र मानसिक विकासको अभिवृद्धिको लागि खेलकुद आवश्यक भएको बताउदै यस्ता प्रकारका प्रतियोगिताले विद्यार्थीहरु बीच आपसी भाइचारा तथा मित्रता विकास हुने र बिध्यालयहरु बीच एक आपसमा संस्थागत सम्बन्ध विस्तार हुने पनि बताएका थिए। उनीहरुले बिजेता उप बिजेता तथा उत्कृष्ट हुने खेलाडीहरुलाई बधाई दिदै आउदै गरेको बार्षिक परिक्षा सफलताको शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले खेलकुदमा गतिशिलता र अनुशासन आवश्यक भएको बताएका थिए। उनले आयोजकलाइ प्रतिकुल समयमा पनि प्रतियोगिता सफलता पुर्वक सम्पन्न गरेकोमा धन्यबाद दिएका थिए । उनले गोकर्णेश्वर नगरपालिकाले खेलकुदको विकासका लागि लागिरहेको र यसलाई प्राथमिकताका साथ अगाडी लगिरहेको बताए । उनले खेलाडी राष्ट्रका गहना भएकोले उनीहरुको प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता हुन आवश्यक रहेको भन्दै बिध्यालय तह बाट नै खेलाडी उत्पादन गर्न पर्ने मा जोड दिएका थिए ।
प्रथम अन्तर बिध्यालय सेभेन ए साइड नक आउट मेयर कप फुटसल प्रतियोगिताको उपाधी मनकामना स्कुलले जितेको छ। प्रतियोगिताको फाइनल खेल सांग्रिला पब्लिक स्कुल र मनकामना स्कुल बीच भएको थियो । निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा मनकामना स्कुल का जर्सी नं १० का मनोज मगरले आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए तर त्यो अग्रता धेरै बेर टिक्न सकेन। साग्रिला पब्लिक स्कुलका राहुल तामाङले गोल गर्दै खेललाइ बराबरीमा ल्याएका थिए।
निर्धारित समय सम्म दुवै तर्फ बाट थप गोल हुन नसक्दा खेल एक एक गोल को बराबरीमा सकिए पछि रेफ्री आशिष सिलवालले पेनाल्टी शुट आउट मार्फत निर्णय लिएका थिए। पेनाल्टी को सडेन डेथमा मनकामना स्कुलले सांग्रिला पब्लिक स्कुललाइ ४-३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै मनकामना स्कुल ले नगद रु २५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र हात पार्य्यो भने उपविजेता सांग्रिला पब्लिक स्कुलले नगद रु १५ हजार सहित मेडल र प्रमाण पत्र हात पार्यो।
पर्तियोगीतामा सर्वाधिक गोल कर्ताको रुपमा सांग्रिला पब्लिक स्कुलका सान्गेल लामा घोसित भए भने उत्कृष्ट गोल रक्षकको रुपमा मनकामना स्कुलका कौशल लोहनी, त्यसै गरि उत्कृष्ट खेलाडी सांग्रिलाका राहुल तामाङ घोसित भए भने उत्कृष्ट डिफेन्समा मनकामना अंकित केसी घोसित भए। प्रतियोगिता को फेयर प्लेको उपाधि सांग्रिला पब्लिक स्कुलले हात पर्यो। उत्कृष्ट कोच को रुपमा मनकामना स्कुलका सुमन लामा घोसित भए।
बेजेता उप बिजेता तथा बिभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे,बिशेष अतिथि नेपाल भलीबल संघ का उपाध्यक्ष कुमारराज सुवेदी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल आयोजक संस्थाका अध्यक्ष फुर्साङ लामा तामांग मुक्ति नाथ विकास बैंक लिमिटेड जोरपाटी कि शाखा प्रबन्धक निरु लामा, आयोजक संस्थाका उपाध्यक्ष सुरेन्द्र मान सिंह बस्नेत, सचिब निर्मल पौडेल, कोषाध्यक्ष प्रदिप मान सिंह बस्नेत, सदस्यहरु प्रकाश श्रेष्ठ, अनिता गुभाजु लामा मन्जिना लामा लगायतले पुरस्कृत गरेका थिए। कार्यक्रममा नेपाल पुलिस टिमका पुर्व फुटबल खेलाडी कुन्जन श्रेष्ठलाइ आयोजक संस्थाले नगद रु १५ हजार सहित सम्मान गरेको थियो ।
समापन सत्रमा अध्यक्षताको आसन बाट बोल्दै श्री आरुबारी युवा क्लबका अध्यक्ष फुर्साङ तामाङले खेलकुदको विकास विद्यालय तहबाटै शुरु हुने भएकाले बिध्यालय तहका बिद्यार्थीलाइ फुटबलमा लाग्न प्रेरित गर्नुको साथै विधार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता सहयोगी हुने विश्वासका साथ् प्रतियोगिता आयोजना गरिएको बताए ।
उनले प्रतियोगिता सफलता पुर्वक समपन्न गर्नको लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए। उनले श्री आरुबारी युवा क्लबले बिगत देखि गर्दै आएको सामाजिक कार्यको संक्षिप्त जानकारी गराउदै बार्षिक परिक्षा र कोरोना भाइरस जस्तो प्रतिकुल अवस्थामा पनि बिद्यार्थीहरुलाई प्रतियोगितामा सहभागी गराई सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा सहित उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।