गजल !

गजल !

कपन अनलाइन

काठमाडौं, फागुन २५/ तिलक पोख्रेल

पुस्तक समाउँदैमा कोहि पाठक हुंदैन
जस्तै सेवन नगरून्जेल गांजा मादक हुंदैन

सम्झे बुढेस् कालमा छोरो काम लाग्छ
थाहा थिएन बिहे पछि कुनै हक हुंदैन

दुख लाग्दो घटना के हो भने नि साथि
दुर्भाग्यवस दुश्मन, दुश्मन भन्ने लायक हुंदैन

प्रमाण जति नै देखाउ तिम्रो प्रमाण पत्रले
तब कार्यमा नलागुन्जेल त्ये सार्थक हुंदैन

हतियार त्यो हो जस्ले मनोबल लडाउँछ
छुराकाप्चे नाथेले कोही घातक हुंदैन

(म्यान्मार)

तपाइँको प्रतिक्रिया ।