चम्पादेवी -६ थामडाँडाको विनास गर्दै स्थानीय सरकार,जनता आक्रोसित

चम्पादेवी -६ थामडाँडाको विनास गर्दै स्थानीय सरकार,जनता आक्रोसित

कपन अनलाइन 

काठमाडौँ,फागुन २३/उत्तम फुयाल 

चम्पादेवी गाउपालिका वडा  नं ६ मा रहेको थामडाँडामा विभिन्न विवादका वावजुद  गाउपालिकाले बजेट छुट्याई घोराखोरी खेल मैदान निर्माण कार्य सुरु गरेको छ ।

सो क्षेत्रको पर्यटकीय र धार्मिक महत्व बोकेको उक्त स्थान थामडाडामा कुनै खेल मैदान बनाउनलाई भूगोलले साथ नदिए पनि वडा  र गाउपालिकाले स्थानीयको सल्लाह र सुझाव नै नसुनी जबरजस्ती मैदान सम्याउन डोजर लागएको एक स्थानीयले बताएका छन् ।

थामडाडा साबिक फुलबारी गाबिसको मात्र नभई समग्र चम्पादेवी गाउपालिकाको पहिचान बोकेको उच्च भूभागमा रहेको र  त्यहाँ  केहि महिना पहिला पार्क बनाउनमे  भन्दै डोजर लगाएर भत्काइ, लथालिङ्ग बनाउदा  स्थानीयले  ढुंगा झिकेर घर बनाउन लाने गरेको गुनासो पनि बढ्दै गएको एक शिक्षकले बताए ।

निकै  रमाइलो र पवित्र  ठाउँ भएकाले त्यहाँ कुनै किसिमका पनि  पर्यटकलाई  आकर्षित गरेर  भित्राउन  पुरातात्विक, ऐतिहासिक, धार्मिक,स्थलको निर्माण गर्नु सट्टा  भएको सुन्दरता समेत कुरूप पार्ने उल्टो बाटोमा जनप्रतिनिधि हिडेको एक बुद्दिजिवीले बताएका छन ।

थामडाडा भैगोलिक दृष्टिकोणले चारैतिर भीरले घेरेको विचको टापू पर्छ जुन ठाउमा खेल मैदान निर्माण गर्नु भनेको सरकारी सम्पतिको दुरुपयोगका साथ साथै जनताको आखामा छारो छर्नु जस्तै भएको भन्दै एक युवाले स्थानीय सरकार प्रति आक्रोस व्यक्त गरेका छन ।

विभिन्न पर्व तथा अन्य समयमा मेला लाग्ने गरेको र स्थानियहरुको ठुलो धार्मिक विस्वास रहेको  रहेको उक्त स्थानमा कुनै दुरगामी सोच नराखी डोजर कुदाएर गाउँपालिकाले विकास प्रति अदुरदर्शी सोचको नमुना देखाएको अर्का स्थानीय बताउछन।

साविक पलापुका केहि स्थान बाहेक गाउँपालिकाका लगभग सबै स्थान देखिने उच्च भूभागलाई कुरूप बनाएर केहि सिमिति व्यक्तिलाई खुसि बनाउने गाउँपालिकाको यस कदमले निकै पुरानो पुरातात्विक र धार्मिक स्थानको अस्तित्व नै संकटमा पारेको भन्दै अहिले स्थानीयहरु आक्रोसित बनेका छन ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।