टोखा नगरपालिका अव्यवस्थित केबुल तारलाई व्यवस्थित बनाउदै
कपन अनलाइन
काठमाडौं ,फागुन २२। टोखा नगरपालिकाले अव्यवस्थित केबुल तारलाई व्यवस्थित बनाउने अभियान शुरु गरेको छ ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाको सामाखुशीस्थित टोखा रोडमा अव्यवस्थित तारहरुलाई व्यवस्थित बनाउने अभियान शुरु गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख प्रकाश अधिकारीले चालु आर्थिक बर्ष भित्रै टोखा नगरपालिका क्षेत्र भित्र भएका अव्यवस्थित केबुल तारहरुलाई व्यवस्थित गर्ने अभियानमा नगरपालिका लागेको बताएका थिए ।
कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, प्रवक्ता बच्चु बस्याल, वडा अध्यक्षहरु श्रीकृष्ण अधिकारी लगायत जनप्रतिनिधिहरु, नगरपालिकाको आर्थिक प्रशासन शाखाका प्रमुख ज्ञान बहादुर अधिकारी लगायत कर्मचारीहरु र केबुलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
फोटो सौजन्य: स्थानीय सरोकार. कम