एभरेष्ट बैंकको न्यू रोड शाखा औपचारिक रुपमा संचालन

एभरेष्ट बैंकको न्यू रोड शाखा औपचारिक रुपमा संचालन

कपन अनलाइन

काठमाडौँ फागुन १८ । एभरेष्ट बैंकले आफ्नो न्यू रोड कम्प्लेक्समाअवस्थीत न्यू रोड शाखा औपचारिक रुपमा संचालनमा ल्याएको छ ।

बैंकको नयाँ परिसरमा ग्राहक मैत्री संरचना मात्र नभएर यसले आधुनिक बैकिङ्ग सुविधाहरु पनि प्रदान गर्दछ । नयाँ शाखा परिसरको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर  चिन्तामनि सिवाकोटीले गरेका हुन् ।

सोही समारोहमा डेपुटी गर्भनर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा वफादार ग्राहकहरुलाई संयुक्त रुपमा सम्मानित गरेका छन् ।चेक डिपोजीट, यूटिलिटी बिल भुक्तानी र एटीएम जस्ता आधुनिक बैकिङ्ग सुविधाहरु र ई–लबीमार्फत ग्राहकहरुलाई सहज बैकिङ्ग सेवा प्रदान गर्न यो शाखालाई डिजाइन गरिएको छ ।

सो अवसरमाअन्य विशिष्ठ अतिथिहरु डा. सन्धिर कुमार, डीजीएम र बैंककाअन्य वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो ।
इबीएलको हालग्राहक संख्या १० लाखभन्दा बढि रहेको छ । एभरेष्ट बैंक, हालै Best Managed Commercial Bank, 2019 बाट सम्मानितहुनुका साथैै Camels Ratingअन्तर्गतBest Rated commercial Bank बैंक बन्न सफलभएको छ ।

बैंकले ९५ स्थानियशाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२३ एटिएम बाट मजबुत सेवाप्रदानगदै आईरहेको छ ।

तपाइँको प्रतिक्रिया ।