टोखा नगर महोत्सव २०७६ स्थगित
कपन अनलाइन
काठमाडौं, फागुन १८। यहि फागुन २३ २४ र २५ गते हुने भनिएको दोस्रो टोखा नगर महोत्सव २०७६को तयारी अन्तिम समयमा आएर स्थगित गरिएको छ ।
महोत्सव हुन हप्ता दिनमात्र बाँकी रहँदा शनिवार बसेको महोत्सव सचिवालयको बैठकले अनिश्चितकाल सम्मका लागि महोत्सव स्थगन गर्ने निर्णय गरिएको हो ।
हालै विश्व स्वास्थ्य संगठनले नोवोला कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तीव्ररुपमा विश्वभर फैलिरहेको र नेपाल पनि यसको उच्च जोखिममा रहेको भन्ने सूचना जारी गरे सँगै कोरोना भाइसरको अति जोखिम संवेदनशिलतालाई ध्यानमा राखी महोत्सव अनिश्चितकाल सम्मका लागि स्थगन गरिएको महोत्सव सचिवालयले जनाएको छ ।
हाललाई स्थगन गरिएको महोत्सव उपयुक्त समय मिलाएर पुनः गरिने समेत सचिवालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।