विद्यार्थीको सिकाइ र विकासका लागि अभिभावक र विद्यालय बीच समन्वय हुन आवश्यक: डा. राजन भट्टराई
कपन अनलाइन
काठमाडौं, फागुन १९। प्रधानमन्त्रीका सल्लाकार डा. राजन भट्टराईले विद्यार्थीहरुको सिकाइ र विकासका लागि अभिभावक र विद्यालय बीच समन्वय हुन आवश्यक रहेको बताए ।उनले गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारी स्थित गोकर्णेश्वर लाइट एकेडेमीले १२औं अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा यस्तो बताएका हुन्।
हरेक अभिभावकहरुको आफ्ना बच्चाहरु राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा अब्बल र सक्षम हुन् भन्ने चाहाना हुने र उक्त चाहना पुरा गर्न बालबालिकाहरुलाइ घरबाटै सिकाइको उपयुक्त वातावरण दिन अनुरोध गरेका थिए । ‘बालबालिकाहरुलाइ उपयुक्त वातावरण बनाउन र प्रयाप्त समय दिनुपर्ने बताए। बिद्यालय र अभिभावक दुबैको समन्वय र प्रयासबाट नै बालबालिकाहरुको शारीरिक, सामिजक तथा मानसिक बिकास हुने बताए।
बालबालिकाको दैनिक क्रियाकलापमा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्ने बताएका थिए। आजको युगमा किताब पढेर विद्वान भएर मात्र सफल ब्यक्तित्व हुने भन्ने छैन राम्रो खेलाडी, गीतकार, संगीतकार , लगायत अन्य क्रियाकलापमा उत्कृस्ट भएर पनि सफल बन्न सकिने भन्दै अभिभावकले त्यसलाई प्रेरित गर्नुपर्ने बताए ।
तुलनात्मक रुपमा आज सुचना र प्रबिधिको विकासले गर्दा संसार नजिक ल्याएको छ, जसले गर्दा हामीले ठाउँ मात्र देखाई दियौं भने आजका बालबालिकाले स्वम आफ्नो अवसरलाई खोजि गरेर भविस्यको बाटो निर्धारण गर्न सक्ने उनले बताए। त्यस बाटो तर्फ शिक्षक र अभिभावकको संयुक्त प्रयासले जुन प्रगति यस बिद्यालयले गरेको छ यसलाइ अझ सफलता मिलोस भन्दै शुभकामना ब्यक्त गरेका थिए। आजका बालबालिका नै भविस्यका कर्णधार भएका हुनाले उनीहरुको उचित ख्याल गर्नु शिक्षक र अभिभावकको उत्तरदायित्व रहको उनले बताए।
अभिभावकले बालबालिका जस्तो भविस्य सोचेका त्यसै गरि हुन्छौं त्यसै अनुरुप नै समाजलाई, टोललाई, देशलाई अगाडि विकास गर्न सक्छौं उनले भने।मुलुक अहिले लामो द्वन्द पश्चात सबिधान बनाएर र स्थिर सरकार, स्थानीय तह, केन्द्रिय तह , प्रदेशीय ५ बर्षका लागि चुनिएका छौँ ।जो जस पदका लागि चुनिएका छन् उनीहरुले आफ्नो प्रतिबद्धता अनुरुप् जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गरेमा सुखी नेपाल सम्बृद्ध नेपालको जुन लक्ष्य लिएका छौँ त्यस तर्फ उन्मुख हुन् सक्ने उनले बताए।
यो अबसर हामीले गुमायौं भने हामीले धेरै अबसरलाइ गुमाउने छौँ, इतिहासले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेकोमा पश्चताप हुने उनले बताए। सबै तहमा भएका पदाधिकारीहरुले तछाडमछाड नगरी / यो पार्टी त्यो पार्टी नभनी आफ्नो जिम्मेवारी बहन गर्ने बेला आएको उनले बताए। खानेपानी कुरा गर्दा सबैले पाउने हुन्, बाटो निर्माण भएमा सबै जना हिड्ने हुन् , स्वस्थ्य चौकी राम्रो भएमा त्यसको सेवा सबै नागरिकले लिने हुन् त्यसले गर्दा यसको र त्यसको भवनमा नराखी कार्य गर्न अनुरोध गरेका थिए।
भित्रि सडकको कुनै समस्या नभएको तर मेजर सडकको समस्या हल गर्न बाँकि रहेको छ उनले भने। चाबहिल साँखु सडक खण्ड, जोरपाटी- सुन्दरीजल सडक खण्ड लागि पनि प्रधानमन्त्री कार्यलयमा छलफल भइरहेको र छिट्टै यो पनि सम्पन्न हुने उनले बताए।जति पनि विकास भएको छ यो सबै हामीले लडेर ल्याएका ब्यबस्थाको उपलब्धि हो उनले भने।
चाहे जतिमा विकास र सुधार गर्न नसकेमा पनि यस अवसरलाई गुम्न नदिई माथिल्लो निकाय देखि तल्लो तह सम्म समन्वय गरि नागरिकको हितको लागि जुन कार्य हुँदै आएको छ त्यस प्रति सकारात्मक सोच राख्न उनलेआग्रह गरे।
हामी आफ्नो घर सफा गर्न आफैले पहल गर्नुपर्ने यसरी बिस्तारै घरबाट टोल वडा नगर हुँदै समग्र देश नै सफा हुने उनले बताए। नागरिकको सहयोग / सहभागिता बिना कुनै परिवर्तन सम्भव नभएको पनि उनले बताए। यो काममा सबैजना लागि पर्यौं भने हाम्रो जीवनकालमा नै देशको सम्बृद्धि भएको देख्न सक्ने उनले बताए।