छ हाइकु !

छ हाइकु !

कपन अनलाइन 

काठमाडौं ,फागुन १९। मुकुन्द न्यौपाने

१. आहा क्या राम्रो
नेपाली पहिचान
शिरमा टोपी ।

२. असल बन
सधैं मद्दत गर
धर्म त्यही हो ।

३. सगरमाथा
त्यो हेरिरहुं लाग्ने
उत्कृष्ट कला

४. हरियो बन
नेपालको त्यो धन
खाए नेताले ।

५. तिम्रो यादमा
यो मन रुन्छ संधै
तिमी नहुंदा ।

६. पहिलो रात
आङ्गै सिरिङ्ग भयो
तिमी टाँस्सिदा ।

तपाइँको प्रतिक्रिया ।