गोकर्णेश्वर राष्ट्रपति रनिङ शिल्डको उपाधि चामुण्डा माविलाई

कपन अनलाइन

काठमाडौं ,फागुन १५ ।

गोकर्णेश्वर नगरपालिकामा जारी दोस्रो संस्करणको राष्ट्रपति रनिङ शिल्डको उपाधि चामुण्डा माविले जितेको छ ।

कुल १५० अंक बटुलेर चामुण्डाले उपाधि जितेको हो । चामुण्डालाई पछ्याउदै इस्ट्पोल मावि कुल ९९ र गोकर्ण मावि ९६ अंकसहित क्रमशः दोस्रो र तेस्रो भएका छन  ।

गोकर्णेश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा छात्र तथा छात्राको भलिबल, कबड्डि, एथलेटिक्स र मार्सल आर्टका सबै बिधा समावेस गरिएको थियो ।

प्रतियोगिताको एकल समूह खेलका बिजेता, समुहगत खेलका बिजेता र उपाधि जित्ने विद्यालायलाई बिहीबार(आज) भएको समापन कार्यत्रममा ट्रफी तथा मेडल प्रदान गरिएको छ । संघीय सांसद कृष्ण राई, गोकर्णेश्वर नपाका मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल लगायतले रनिङ शिल्ड, ट्रफी, मेडल एवम् प्रमाणपत्र प्रदान गरेका थिए  ।

सो प्रतियोगितामा बिजयी हुने विद्यालय र खेलाडीले जिल्ला स्तरीय राष्ट्रीय खेलकुदमा स्वत भाग लिन पाउनेछन् ।

प्रतियोगितामा नगरपालिका भित्रका ४१ वटा संस्थागत एवम् सामुदायिक विद्यालय सहभागी भएको आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।