शंखरापुर नगरपालिका साक्षर घोषणा कार्यक्रम तथा दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पुरस्कार वितरण समारोह सम्पन्न
कपन अनलाइन
काठमाडौं, फागुन १२।शंखरापुर नगरपालिका साक्षर घोषणा कार्यक्रम तथा दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।
आइतबार पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमबाट शंखरारपुर नगरपालिकालाई साक्षर घोषणा गरिएको हो।
नगरपालिकाका शिक्षा शाखा प्रमुख बौद्धराज निरौलाका अनुसार नगरपालिकाका ९६.५ प्रतिशत जनता साक्षर भएका छन्। शंखरापुर नगरपालिकामा २७ हजार २ सय जनसंख्या छ।
नगरपालिकाले पछिल्लो तीन महिना सञ्चालन गरेको २५ वटा कक्षाबाट थप तीन सय ५८ जनालाई साक्षर बनाउन सकिएको निरौलाले जानकारी दिए।
बाँकी करिब एक हजार जनालाई साक्षर बनाउन निरन्तर कक्षा सञ्चालन हुने उनले जानकारी दिए। शंखरापुरसँगै काठमाडौँका ६ वटा नगरपालिका साक्षर घोषणा भएका छन्। प्रदेश ३ को १३ जिल्लामध्ये साक्षर घोषणा हुन काठमाडौँ मात्र बाँकी रहेको छ।
यस्तै शंखरापुरमा आइतबार दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा २४ वटा इभेन्ट भएको थियो।
जसमा ९ वटा स्वर्गसहित इभरग्रिन मावि पहिलो, पाँचवटा स्वर्गसहित उग्रतारा दोस्रो र चारवटा स्वर्गसहित भाग्योदय मावि तेस्रो भएको छ। प्रतियोगिताको व्यवस्थापन भगवतीमा माविले गरेको थियो।