फर्केर आऊ घर !

फर्केर आऊ घर !

कपन अनलाइन

काठमाडौं ,फागुन १२। बेनी बहादुर थापा/ कविता

फलामे या पलेटी नाम जस्को लठ्ठी बलियो हुने,
गाई भैँसीहरु ती ठाउँहरुमा गाउँ भरीका हुने ।
र्मिलुङकोट भनेर सब्ले बुझ्ने त्यो ठाउँ यस्तो छ र,
गाउँकै ममता छ लौ यदि भने फर्केर आऊ घर ।

कागती, निबुवा र सुन्तला ज्यामिर त्यो लाऊन सक्छौ तिमी,
मेवा, नास्पती र केरा पनि त्यो खुब गर्न सक्छौ तिमी ।
टिमुर, कुरिलो र जडिबुटीहरु जे हुन्छ त्यहि गर,
माटो खुब खेलाउ लौ यहि बसी फर्केर आऊ घर ।

चाहेको सब दिन्छ यो धरँणीले चाहेर खोजि गरे,
गाँस, बास कपासको अभाव झेल्दै, यहिँ कति ति मरे ।
माटो छैन भने पनि तिमी यहिँ त्यो खोज्ने काम गर,
माटोको ममता छ लौ, यदि भने फर्केर आऊ घर ।

दस–नंग्राहरु ई खियाऊ भूमिमा पर्दैन् जानु कहिँ,
जाँगर पाखुरीमा छ लौ यदि भने मिल्ने छ सारा यहिँ ।
जोस्–जाँगर अनि शीप भई श्रम गरे यहिँ सबै मिल्छ र,
माटोको ममता छ लौ यदि भने फर्केर आऊ घर ।

तालिम लेऊ कहि कतै पुँजी भए त्यो गर्न सक्छौ तिमी,
नियालो बेत बाँसको पनि कतै केहि बनाऊ तिमी ।
मोहडा अनि कुर्चि हेरु तिनको, बनाऊने काम गर,
यहिँ शिप सिकेर केही गर तिमी, फर्केर आऊ घर ।

तपाइँको प्रतिक्रिया ।