पाँच मुक्तक !
कपन अनलाइन
काठमाडौं ,फागुन ११/तिलक पोख्रेल
गर्दा गर्दै आजकल मान्छेको भाउ सस्तो भयो
खिलाउने भन्दा पनि जन्माउने बाउ सस्तो भयो
अचम्मै छ आफ्नै आङ्को भैंसी नदेख्दा आज
भुक्ने कुकुरभन्दा पनि दूध दिने माउ सस्तो भयो
किन सोध्छौ मलाई मेरो घाउँ कस्तो छ
बरू सोध त्यो सत्रुलाई जाउँ कस्तो छ
साथ दिन्छौ उसैलाई लोकचार मसँग
घर भुलेका तिमी बरू सोध गाउँ कस्तो छ
गर्दा गर्दै संसार पनि सानो भै दियो
सानो जहा दुब्लाएर ओभानो भै दियो
माया ममता पात्लिएर एउटै परिवारमा
रेखा कोर्ने दैव पनि कानो भै दियो
परदेशको काख कसरी न्यानो भै दियो
पठाएको रकम घरलाई मानो भै दियो
बुझाउनु छ चित्त पुर्याउनु छ मन पनि
थाहा छैन गाउँकालाई गगन छानो भै दियो
मुस्कुराउँदा मुस्कुराउँने हजार भेटिए
दुख पाउँदा सोझा पनि कलाकार भेटिए
रूँदासँगै अनि पिरमा डुब्ने मान्छे छान्दै छु
तर भेटिएनन् उस्तै उस्ता बारबार भेटिए