लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर, दर्पण सहितका लायन्स र लियो क्लबले संयुक्त रुपमा भोलि आकस्मिक रुपमा बृहत रक्तदान कार्यक्रम गर्ने
कपन अनलाइन
काठमाडौँ,फागुन २ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर सहितका २१ वटा लायन्स तथा लियो क्लबको संयुक्त आयोजनामा आकस्मिक रुपमा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ।ब्लड बैंकमा रगतको अभाव भई रहेको अवस्थामा रगत अभाब लाइ परिपूर्ति गर्न केहि सहयोग होस् भन्ने उदेश्य सहित उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।
आफ्नो सानो सहयोगले अरुको जीवन रक्षा हुन् सक्छ भने हामीले किन त्याग नगर्ने भन्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारी स्थित लायन्स प्रतीक्षालयमा फाल्गुन ३ शनिवार विहान ९:३० बजे देखि १ बजे सम्म रक्त दान कार्यक्रम आयोजना गर्न लागिएको लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर का प्रेसिडेन्ट पूर्ण तामाङले कपन अनलाइन लाइ जानकारी गराए। उनले उक्त रक्तदान कार्यक्रममा सहभागी भई स्वस्थ ब्यक्तिले रक्तदान गरि सहयोग गरिदिन समेत आग्रह गरेका छन ।