तीन मुक्तक !
कपन अनलाइन
काठमाडौं, माघ २९ / नवराज न्यौपाने ‘मौन ‘
एक:जीवन
घुम्नु रहेछ जीवन लेख्नु रहेछ जीवन
सौन्दर्य त्यो सुनौलो देख्नु रहेछ जीवन
चुक्दै नचुक्नु साथी कर्तव्य पालनामा
हाँसेर विध्न बाधा छेक्नु रहेछ जीवन
दुई :यथार्थ
मायालुको माया पाउन हुनु पर्छ बाठो
देशको माया भए आज छुनु पर्छ माटो
आचरण नै खराब भए देश जान्न उँभो
बाठा जति नियम मिच्ने रुनु पर्छ लाटो
तीन: प्रेम
गर्छौं नि च्याट भन्दा नेटै खुलेन आज
धाएर भेट्छु भन्दा गेटै खुलेन आज
झूठो रहेछ तिम्रो माया मलाई मार्यो
पाएर धेर धोका चेतै खुलेन आज
तपाइँको प्रतिक्रिया ।