नेपाल  भारत मैत्री अस्पताल र कामपा – ७ बीच सम्झौता

नेपाल  भारत मैत्री अस्पताल र कामपा – ७ बीच सम्झौता

कपन अनलाइन

काठमाडौं, माघ २९  ।नेपाल  भारत मैत्री अस्पताल तथा  नेपाल  छाति  रोग केन्द्र  मित्रपार्क (पक्ष ) र काठमाडौँ  महानगरपालिका  वडा  नं – ७ बीच  सम्झौता भएको  छ  ।

उक्त  सम्झौता पत्रमा  नेपाल  भारत मैत्री अस्पतालका कार्यकारी  निर्देशक  डा. सुबन्त कुमार  कुशंवाहा र कामनपा – ७  का  अध्यक्ष शुद्ध  कुमार  डंगोलले हस्ताक्षर गरेका  हुन्     ।

उक्त  सम्झौता  अनुसार मिति  २०७६  माघ  २७  गते  देखि  २  बर्ष सम्म बहालमा  रहने गरि  सम्झौता  भएको हो ।प्रत्येक  २  बर्षमा  दुवै  पक्षको  सहमतिमा  नविकरण  गर्न  सकिनेछ ।

उक्त  सम्झौता  अनुसार  कामनपा – ७ भित्र स्थाई रुपमा बसोबास  भएका  स्थनीयहरुलाई जेनेरल ओं.पी.दि मा ५० प्रतिशत  छुट  तथा तथा  प्याथालोजी (ल्याब ) मा  ३०  प्रतिशत छुट , अप्रेशनमा  २०  प्रतिशत  छुट , फर्मेशी १० प्रतिशत  छुट दिने  निर्णय  गरेको  छ ।

हस्ताक्षर  भएको  मितिले ७ दिन  भित्र  दुवै  पक्षको  ब्यबस्थापन  बैठकले करारनामा  अनुमोदन  पश्चात्  लागु  हुनेछ ।

तपाइँको प्रतिक्रिया ।