चन्द्रागिरि दाना उद्योगकाे दानाले किसानहरू खुशीमात्रै छैनन् ?

चन्द्रागिरि दाना उद्योगकाे दानाले किसानहरू खुशीमात्रै छैनन् ?

कपन अनलाइन

काठमाडौँ , माघ २८ । सामान्यतः कुखुराको दाना तयार गर्दा मकै, भटमास, मिनरल मिक्स्चर, भिटामिन बी कम्प्लेक्स, सूर्यमुखी र तिलको पिना, हड्डीको धूलो, ढुटो, चोकर, विभिन्न औषधिको मिश्रण गरिन्छ।

तर, यी कच्चा पदार्थ कति गुणस्तरीय छन्? यसको जाँच कतैबाट भइरहेको छैन। परिणामतः किसान आफैंले प्रयोग गरिरहेको दानाबारे जानकारी पाउने अधिकारबाटै बञ्चित छन्। यस्तै यस्तै समस्यावाट छुट्कारा पाउन र चन्द्रागिरिका किसान हाेस या उपत्यकाका किसानहरूलाई गुणस्तरीय दान दिने उदेश्यका साथ लामाे समय देखि कृषि क्षेत्रमा लाग्दै आएका युवा कृर्षकहरूले सञ्चालनमा ल्याएकाे गुणस्तरीय दाना हाे चन्द्रागिरि दाना । चन्द्रागिरि दाना उद्योग स्थापना गरि गाई भैसी,बगुँर कुखुराकाे दाना बनाई छाेटाे समयमै किसानकाे मन जित्न सफल भईसकेकाे छ चन्द्रागिरि दाना ।

चन्द्रागिरि दाना उद्योगका सञ्चालक तथा युवा कृर्षक धर्मराज दानी भन्छन्, “के–के मिलाएर दाना बनाइएको हो भन्ने जानकारी नै लुकाइएपछि दाना उत्पादकले जे भन्यो त्यही पत्याउनुपरेको छ त्यहि भएर हामीले मिलेर गुणस्तरीय दान उत्पादन गरि आफ्नै लागि र किसानका लागि पनि गुणस्तरीय दाना उत्पादन कार्यमा लागेर सफलता प्राप्ति गरिरहेका छाै त्याे नै हाम्रो लागि सन्तुष्ट हाे र किसानका लागि हामी विश्वास बन्दैछाै।” दानीले किसानहरूले आफ्नाे उत्पादन भएकाे दानवाट किसानहरूले राम्रो प्रतिफल हासिल गरेकाे प्रति खुशी ब्यक्ति गरेका छन् । चन्द्रागिरि दाना उद्योगले करिव एक वर्ष देखि लाखौं लगानीमा उत्पादन सुरू गरिएकाे दाना उद्योग मास प्रविधिको दान उत्पादन गर्दै आएकाे छ । अनुभवी र कृषि क्षेत्र बिगत लामाे समय देखि लाग्दै आएका व्यक्तिहरूले सञ्चालन गर्दै आएकाे उद्योग छाेटाे समयमै किसानहरूकाे मन विश्वास जित्न मात्र सफल भएकाे छैन उक्त दाना चलाउन थालेपछि किसानहरूकाे आयमा समेत बृदृि भएकाे स्टार गाई फमका सञ्चालक नविन राई बताउछन् ।

चन्द्रागिरि नगरपालिका १० का स्टार गाई फार्मकामा करिव ३० वटा गाई रहेका छन । उनले फाममा हाेल्डस्टेन,जर्सि लगायतका ३० वटा गाईहरू पाल्दै आएका छन् । केही समय पहिला गाईलाई आहारा पुर्याउन निकै गाह्राे परथ्याे तर अहिले फरक भएकाे छ गाईकाे दाना चलाउने किसानले दाना बाहेक ढुटाे,पिठाे,र चाेकर चलाउन नपर्ने र मासिक आम्दानिमा समेत बृदृि भएकाे गाई फाम सञ्चालक नविन राईकाे भनाइ छ ।

चन्द्रागिरि २ बाड्भञ्ज्याङ्गका कुखुरा पालक किसान तथा दाना उद्योगका सञ्चालक सुदिप पाेखरेलले चन्द्रगिरि दाना कुखुराका लागि प्रयाेग गर्न थालेपछि लेयर्स जातका कुखुराले साेचे भन्दा धेरै प्रतिफल दिएकाे बताए । बिगतका वर्षहरूमा उनलेे लेयर्स जातका कुखुराकाे पनि अनुभव राम्राेे छ। अहिले चन्द्रागिरि दाना चलाउन थालेपछि उनी उत्पादनमा बृदृि भएसंगै उनी खुशी मात्र छैन अरू किसानहरूलाई पनि यहि दाना प्रयाेग गर्न सल्लाह दिने गर्छन । चन्द्रागिरि दाना उद्योगका सञ्चालक मनहरी बलामीले नेपाल अधिराज्यका गरीब किसान जनताहरुको जीवनस्तर उकास्ने र कृषि जन्य पौष्टिक एवं खाद्य पदार्थको आधारभुत आवश्यकता परिपूर्ति गर्न, नेपाल अधिराज्यभर विभिन्न किसीमका गाई, भैसी, कुखुरा, बंगुर, हाँस आदि पशुपंक्षीहरु व्यवसायीक रुपमा पाल्ने उद्योग तथा किसानहरुलाई आवश्यक पशुपंक्षीको निमित्त पौष्टिक एवं सन्तुलीत दाना उत्पादन गर्ने कार्यमा सम्मिलित व्यवसायीहरुको हितको प्रवद्र्धन गर्दै दाना उत्पादन गर्ने व्यवसायको प्रवद्र्धन तथा विकास गर्न दाना उत्पादक व्यवसायीहरुको आपसी सहयोग र समझदारी बढाउन चन्द्रागिरि दाना उद्योगले निकट भबिष्यमा याेजना बद्ध तवरले लागि रहेकाे बताए । चन्द्रागिरि दाना उद्योगले चन्द्रागिरि दाना उद्योगवाट उतपादित दाना चलाउने किसानहरूलाई निशुल्क डाक्टर तथा पशुचिकित्सक उपलब्ध गराउदै आएकाे छ । कम्पनीले कुखुराकाे मास दाना र गाई भैसीकाा लागि मिठास दान उत्पादन गर्दै आएकाे छ ।

फोटो सौजन्य : रोशन  दानी

तपाइँको प्रतिक्रिया ।