धुलिखेल अस्पताललाई शवपरीक्षण अनुमति
कपन अनलाइन
काठमाडौं, माघ २७ । धुलिखेल सामुदायिक अस्पतालले पनि शवपरीक्षण सेवा सञ्चालन गर्ने अुनमति प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई यही माघ १ गते अनुमति दिएको जनाइएको छ । काभ्रेमा शिर मेमोरियल अस्पतालले शवपरीक्षण सेवा प्रदान गर्दै आएको छ ।
आइतबार अस्पतालले सेवा सञ्चालन गर्न आवश्यक तयारीमा जिल्लास्थित प्रशासन, प्रहरी र अदालतका प्रमुखहरुसँग परामर्श गर्यो । अस्पतालका डा राजकुमार कार्कीका अनुसार अस्पतालले सो सेवा सञ्चालन गर्न २०७१ सालबाट छलफल चलाएको थियो ।
यसका लागि आवश्यक संरचना निर्माण तथा जनशक्ति व्यवस्थाभएपछि मन्त्रालयले अनुमति दिएको जनाइएको छ । उनले भने, “पछिल्लो चरणमा बनेको मेडिको लिगल सेवा सञ्चालन निर्देशिका २०७५ अनुसार सेवा सञ्चालन गर्न लागेको हौँ । ”
तपाइँको प्रतिक्रिया ।