गोकर्णेश्वर युवा जागरण क्लब द्वारा आयोजित प्रथम उप मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी अत्तरखेल युवा समाजलाई

गोकर्णेश्वर युवा जागरण क्लब द्वारा आयोजित प्रथम उप मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी अत्तरखेल युवा समाजलाई

कपन अनलाइन

काठमाडौँ, माघ २६ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा जागरण क्लब द्वारा आयोजित  प्रथम उप मेयरकप सेभेन ए साइड फुटबल प्रतियोगिताको सम्पन्न भएको छ ।

युवालाई दुर्व्यसन तर्फ लाग्न नदिई खेलकुद तर्फ आकर्षित गर्ने  र नगरपालिका सहित सो  भित्र रेहेका फुटबल खेलाडीहरुको प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल  खेलाडी उत्पादन गर्न सहयोग पुगोस भन्ने  उद्देश्यका साथ आयोजना गरिएको सो प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनि नजिक रहेको च्यासीडोल खेल मैदान मा शनिबार फाइनल खेल सहित  सम्पन्न भएको हो।

उक्त प्रतियोगिता समापन समारोहमा गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ती नेपालको प्रमुख आतिथ्यता रहेको थियो भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, युवा समाजसेवी बालकृष्ण श्रेष्ठ (लाक्स),समाजसेवी विजय श्रेष्ठ ,समाजसेवी ज्ञानकुमार श्रेष्ठ,गोकर्णेश्वर युवा जागरण क्लबका पदाधिकारी, खेलाडी र खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर युवा जागरण क्लबका अध्यक्ष विकेश श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महतले गरेका थिए।

राष्ट्रिय गान संगै शुरु भएको सो कार्यक्रममा युवा समाजसेवी बालकृष्ण श्रेष्ठ (लाक्स)ले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।  उनले  पहिला खेल खेल्यो भने पढाई बिग्रिन्छ भन्ने पुरानो सोचमा परिवर्तन हुदै गएको बताएका थिए। उनले  समाजलाई अनुशासित र मर्यादित बनाउन पनि खेलकुद क्षेत्रको ठुलो भूमिका रहेको बताउदै युवाहरु देशको वर्तमान र देश बिकासका मेरुदण्ड समेत भएको हुँदा  युवाहरुले सृजनशील कार्यमा लाग्नु पर्ने धारणा ब्यक्त गरेका थिए ।  गोकर्णेश्वर युवा जागरण क्लबले बिभिन्न क्रियाकलाप मार्फत युवाहरुलाई सक्रिय बनाउदै आएको पनि बताए। उनले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले आयोजकलाइ धन्यबाद दिदै खेलकुदले नै ठाउँलाई राष्ट्रीय तथा अन्तराष्ट्रीय रुपमा चिनाउने बताए । खेलले मनमुटावको अन्त्य गर्दै सम्बन्धहरुलाई प्रेममा परिणत गर्ने भएकाले खेल प्रेम, एकता र सद्भावको प्रतिक भएको पनि बताए ।उनले फुटबल खेलको विकास गर्दै सो क्षेत्र बाट प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग पुगोस भन्ने हेतुले आयोजना गरिएको कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै   खेलाडीहरुलाई अनुशासित भएर खेल्न अनुरोध गरेका थिए ।

उक्त प्रतियोगिताको फाइनल खेल नयांपाटी फुटबल क्लब र अत्तरखेल युवा समाज बीच भएको थियो। कार्यक्रमको प्रमुख अतिथि बिशेष अतिथिहरुले संयुक्त रुपमा उक्त खेलका रेफ्री प्रदिप लामा र कुमार खड्कालाइ बल हस्तान्तरण सहित  उद्घाटन गरेका थिए ।उक्त प्रतियोगिताको उपाधि अत्तरखेल युवा समाजले जितेको छ।निकैनै प्रतिस्पर्धात्मक बनेको सो खेलमा नयांपाटी फुटबल क्लबका जर्सी नं १२ का  खेलाडी समिर नेपालीले आकर्षक गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।एक गोलले पछि परेको अत्तरखेल युवा समाजले खेललाइ सुधार गर्दै गोल गर्ने प्रयास गरेका थिए ।धेरै गोल गर्नको लागि  गरिएको प्रयास सफल भईरहेको थिएन तर जब अत्तरखेल युवा समाजका खेलाडीलाइ नयाँपाटी फुटबल क्लबका खेलाडीले डी एरियामा फल गरे पश्चात प्राप्त पेनाल्टीलाइ अत्तरखेल युवा समाजका जर्सी नं ९ का खेलाडी दिनेश राइले गोल मा परिणत गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए।

त्यस पछिको केहि समयमा नै अत्तरखेल युवा समाजका जर्सी नं ७ का खेलाडी किरण थिङले  गोल  गर्दै २-१ को अग्रता दिलाए पश्चात विवाद उत्पन्न भएको  थियो। उक्त विवाद समाधान गर्नको लागि आयोजकले प्रयास गरे पनि नयांपाटी फुटबल क्लबले खेल बहिस्कार गरेका थिए। आयोजकले  खेलमा फर्किनको लागि समय प्रदान गरे पनि उनीहरु खेलमा सहभागी नभए पश्चात खेल अत्तरखेल युवा समाजले  उपाधि जितेको हो। उक्त प्रतियोगितामा बिजयी हुदै अत्तरखेल युवा समाजले नगद रु ४० हजार सहित मेडल र ट्रफी हात पारे भने दितीय हुदै नयाँपाटी फुटबल क्लब दितीय हुदै नगद रु २० हजार सहित ट्रफी र मेडल प्राप्त गरेको छ ।प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा अत्तरखेल युवा समाजका किरण थिङ घोसित भए ।

प्रतियोगितामा बिजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपाल बिशेष अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, युवा समाजसेवी बालकृष्ण श्रेष्ठ (लाक्स), लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए।

उक्त पुरस्कार वितरण समारोहमा बिशेष अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले आयोजकलाइ धन्यबाद दिदै खेल भनेको नै गतिशीलता र अनुशासनको मिश्रण भएको बताए ।उनले हरेक क्षेत्रमा अनुशासन आवश्यक रहेको पनि बताएका थिए ।उनले कमि कमजोरी लाइ संवाद मार्फत समाधान गर्नु पर्नेमा जोड दिएका थिए। उनले नेपालमा पनि बिस्तारै खेलकुद क्षेत्रको विकास हुदै गएको बताए ।उनले खेलाडीहरु पनि व्यवासायिक बन्दै गएको बताउदै गोकर्णेश्वर नगरपालिकाले समेत खेलकुदलाइ बिशेष प्राथमिकतामा राख्दै बिभिन्न प्रतियोगिताहरु आयोजना भैरहेको बताए । खेलकुद क्षेत्रले राष्ट्रको पहिचान, सभ्यता र संस्कारलाई चिनाउन तथा  खेलाडीहरु बीच आपसी भाईचारा सम्बन्ध वृद्धि गर्न पनि ठूलो भूमिका निर्वाह गर्दै आएको पनि बताए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपालले आयोजकलाइ धन्यवाद दिएकी थिइन्  । ‘खेलमा अनुशासन महत्वपूर्ण हुन्छ’, , ‘खेलमा जित हार दुवै  हुन्छ । त्यसलाई अनुशासित रुपमा लिनुपर्छ ।’ उनले  हरेक खेल अनुशासनमा  हुनुपर्ने भन्दै   खेलाडि अनुशासनमा रहन सकेन भने नतिजा  राम्रो नआउने बताइन।  त्यसले सम्बन्धित खेलाडिलाई घाटा त पुग्छ नै, समग्र टिम र राष्ट्रले पनि घाटा सहनुपर्ने बताइन।  उनले भनिन , आज जे भयो त्यो भोलिका दिनमा दोहोरिन नदिन सबै जना सचेत हुनुपर्ने बताइन ।खेलमा कोहि पनि गैर जिम्मेवार बन्न नहुनेमा उनको जोड रहेको थियो ।

उनले  खेलमा  अनुशासनहिन कार्य जसले गर्छ त्यस्ता खेलाडीहरुलाई कारबाही गर्नु पर्ने बताइन ।उनले त्यस्ता गतिबिधिले कसैलाई पनि फाइदा नपुग्ने बताइन ।यस्ता गतिबिधिले खेलाडीलाइ मात्र नभई आयोजकहरुको समेत  गरिमा प्रतिष्ठामा  आंच आउने बताइन । उनले अब देखि प्रतियोगिता संचालन गर्नु पुर्व  नियम को बारेमा राम्रो संग बुझाएर  समझदारी पत्रमा हस्ताक्षर गरेर मात्र खेल  खेलाउनु पर्ने   बताइन ।

सभाध्यक्षको आसन बाट बोल्दै गोकर्णेश्वर युवा जागरण क्लबका अध्यक्ष विकेश श्रेष्ठले कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै खेलाडि कतिसम्म अनुशासनमा बस्नुपर्छ भन्ने कुरा अरुले होइन, खेलाडिले नै बुझ्नु पर्ने बताए  । उनले फुटबल खेलाडि, जसले मैदानभित्र मात्रै होइन, मैदानबाहिर पनि अनुशासन कायम राख्न सक्नुपर्ने बताए। उनले आगामी दिनमा त्यस्ता गतिबिधिलाइ कसैले पनि  प्रश्रय दिन नहुने बताए। उनले खेल बहिस्कार गर्दा त्यसले फाइदा कसलाई हुन्छ भन्दै प्रश्न गरेका थिए। उनले खेलमा चित्त नबुझे बसेर संवाद मार्फत मिलाउन सकिन्थ्यो तर संवाद गर्नको लागि आयोजकले अनुरोध सहित समय दिदा समेत त्यसलाई बेवास्ता गर्नु पक्कै पनि राम्रो नभएको बताए ।उनले आगामी दिनमा त्यस्ता गतिबिधि हुन नदिनको लागि सबै जना सचेत हुन पर्ने भन्दै बिजयी खेलाडीहरुलाई बधाई दिएका थिए ।

फोटो : बिमल महत

तपाइँको प्रतिक्रिया ।