वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

कपन अनलाइन

काठमाडौँ, माघ २२। वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ।

छाती दुखेको समस्या लिएर गंगालालमा भर्ना भएका शर्मालाई इन्फेक्सनको समस्या भएपछि  मंगलबार मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। उनको बुधबार बिहान ११ बजे उपचारका क्रममा निधन भएको हो । उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो।

शर्मालाई मंगलबार बिहानमात्र गंगालाल हृदयरोग केन्द्रबाट थप उपचारका लागि मनमोहन ल्याइएको हो। उनको अन्तिम संस्कार बुधबार दिउँसो नै हुँदै छ।

इलाममा जन्मेका शर्माले नेपाल टेलिभिजनमा विश्व घटना नामक कार्यक्रम सुरू गरेका थिए।

तपाइँको प्रतिक्रिया ।