अल्टिमेट भेन्यूको सहयोगमा बुनपा -२ भद्रकाली स्कुल देखि तारेभिर हुंदै नागि गुम्बासम्मको पदमार्ग सरसफाई
कपन अनलाइन
काठमाडौं ,माघ १७।बुढानिलकण्ठ नगरपालिका वडा नं २ स्थित भद्रकाली स्कुल देखि तारेभिर हुंदै नागि गुम्बा सम्मको पदमार्ग सरसफाई गरिएको छ ।
सहिद दिवस तथा बसन्त पञ्चमीको उपलक्ष्यमा अल्टिमेट भेन्यू प्राईभेट लिमिटेड तथा शिवपुरी राष्ट्रिय निकुञ्ज सुरक्षाको लागि तैनाथ नेपाली सेनाको दि फेमस महेन्द्र दल गणको सेनानी राजेन्द्र बानियाको कमाण्डमा आएको टोलीले उक्त पदमार्ग सरसफाई गरेको हो ।
उक्त सर-सफाई कार्यक्रममा बु ढानिलकण्ठ नगरपालिका वडा -२ का अध्यक्ष राजेन्द्र खड्का वडा सदस्य जय बहादुर लामा एवं नेपाली सेनाबाट दि फेमस महेन्द्र दल गणका सेनाका टोलिको सहभागिता रहेको थियो ।
कार्यक्रमको बारेमा अल्टिमेट भेन्यूका संचालक सुरेश तामाङले भने नगरपलिकाभित्र रहेको छोटो पदमार्ग Hiking Trail यही एउटा छ । यस स्थानबाट काठमाडौँको दृृश्यावालकोनका साथै साहसिक गतिविधिहरु गर्न सकिन्छ । प्रायजसो यस ठाउँमा घुम्न आउने यात्रुहरु अथवा अन्य मानिसहरुले यहि पदमार्ग प्रयोग गर्ने हुँदा आवश्यक ठाउमा डस्टविन समेत राखिएको जानकारी दिए । संचालक कार्कीको अनुसार तारेभिर जस्तो अतिनै महत्वपुर्ण पर्यटकीय स्थल आउने सबै मार्गहरु सरसफाई गर्ने र सबै मार्गहरुमा बाटो प्रयोग गर्नेहरुले देखिने ठाउंमा आवश्यकताअनुसार डस्टविनहरु राखिंदै जाने जानकारी समेत गराए। प्लास्टिक जन्य फोहोरलाई संकलन गरि व्यवस्थापन गर्ने पनि जनाए ।
कम्पनिको निती अनुसार Social Responsibility र Eco- Tourism लाइ उत्तिकै महत्वका साथ अगाढी बढाउने योजना रहेको कम्पनिका अर्का संचालक सुरेश लामाले बताए । साथै उन ले छिट्टै नै भद्रकाली तथा तारेभिर स्कुलमा अध्यनरत विधार्थीहरुलाई बातावरण संरक्षण सम्बन्धी जनचेतना कक्षा समेत संचालन गर्ने योजना रहेको बताए ।
कार्यक्रमलाई निरन्तरता दिँदै भ्याएसम्म हप्तामा एकपटक अथवा महिनामा दुईचोटी पदमार्ग वरपर सरसफाई गरिने आयोजकले जानकारी गराए ।