कागेश्वरी मनोहरा नगरपालिकाले निशुल्क बन्ध्याकरण शीविरको आयोजना गर्ने
कपन अनलाइन
काठमाडौं, माघ १३। कागेश्वरी मनोहरा नगरपालिकाले सन्तानका रहर पुगेका दम्पतिहरुका लागि निशुल्क बन्ध्याकरण शीविरको आयोजना गर्ने भएको छ।
“स्वच्छ सफा हराभरा, बनाऔं कागेश्वरी मनोहरा” भन्ने नाराको साथमा सन्तानका रहर पुगेका इच्छुक दम्पतिहरुका लागि मिति २०७६ माघ १४ गते बिहान १० : ०० बजे देखि मुलपानी प्राथमिक स्वास्थ्य केन्द्र कागेश्वरी – ७ मा उक्त शिविर आयोजना गरेको हो ।
उक्त शिविरमा इच्छुक दम्पतिहरुलाई मौकाको फाइदा उठाउनु हुन् आयोजकले अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।