स्वर्ण विजेता संगीता बस्याललाई काब्यको सम्मान

स्वर्ण विजेता संगीता बस्याललाई काब्यको सम्मान

कपन अनलाइन

काठमाडौं, माघ १३। १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता संगीता बस्याललाई काब्य स्कुलले आइतबार सम्मान गरेको छ ।
काब्य स्कुलको १० औं स्पोर्ट्स मिटका अवसरमा तेक्वान्दोको महिला ६२ केजी तौल समूहमा स्वर्ण विजेता संगीतालाई नगदसहित सम्मान गरिएको हो । संगीताले सागमा भारतकी गगनजोत गिललाई पराजित गर्दै स्वर्ण जितेकी थिइन् ।
उनलाई काब्य स्कुलका प्रिन्सिपल नवराज बास्कोटा, निर्देशक रिजन खड्का, स्पोर्ट्स इन्चार्ज प्रज्वलप्रताप क्षत्रीलगायतले सम्मान गरे ।

कार्यक्रममा प्रिन्सिपल बास्कोटाले स्वर्ण पदक जित्दै राष्ट्रको नाम उँचो बनाएकोमा संगीतालाई बधाई दिएका थिए ।
स्पोर्ट्स मिटअन्तर्गत तेक्वान्दोमा १३ तौल समूहमा प्रतिस्पर्धा भएको थियो । जसमा छात्रामा सेफिना कुटु र छात्रमा आर्यन राजभण्डारी उत्कृष्ट खेलाडी बनेको तेक्वान्दो प्रशिक्षक रामकृष्ण श्रेष्ठले जनकारी दिए ।

तपाइँको प्रतिक्रिया ।