निर्माण व्यवसायीको उपकरण जलाइएकोमा महासंघको कडा आपत्ति, दोषीलाई कार्वाहीको माग

निर्माण व्यवसायीको उपकरण जलाइएकोमा महासंघको कडा आपत्ति, दोषीलाई कार्वाहीको माग

कपन अनलाइन

काठमाडौं, माघ ७।देशका विभिन्न ठाउँमा निर्माण व्यवसायीहरुको उपकरण जलाइएकोमा नेपाल निर्माण व्यवसायी महासंघले कडाआपत्ति जनाउँदै घटनाको भत्सर्ना गरेको छ । अज्ञात समुहले मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका अन्र्तगत आइतबारेमा तीनवटा एस्क्साभेटरमाआगजनीगर्दा ३ करोड ५० लाखरुपैया भन्दा बढीको क्षति भएको महासंघले जनाएको छ ।

किसानचोक–रमिते–आइतबारे–टाँडी सडकखण्ड निर्माणमा प्रयोग भइरहेको शर्मा–भिमेश्वर जेभीकम्पनीको एक्साभेटरमाआगजनी गरिएको महासंघद्धारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै झापा जिल्लाको सेतुमारीमा पनिअज्ञात समुहले शर्मा एण्ड कम्पनीको स्वामित्वमा रहेको एउटा एस्काभेटर र ब्याक्होइ लोडरमाआगजनी गरेको महासंघले जनाएको छ । आगलागीका कारणबा ३ क ३४४ नम्बरको पूर्ण नष्ट भएको छ भने बा २ क ९४४५ नम्बरको ब्याकहोइ लोडरमा पनिआंशिक क्षति पुगेको छ  महासंघको विज्ञप्तिमा जनाइएको छ । आगजनी कायी घटनाको आवश्यक छानविन गर्दै दोषीलाई पत्ता लगाई कडा भन्दा कडा कारवाही गरी आगजनीबाट सम्बन्धीत निर्माण कम्पनीलाई भएको नोक्सानीको नेपाल सरकारबाट उचित क्षतिपूर्कोति  व्यवस्था मिलाइ दिन महासंघले अनुरोध गरेको छ । यस्ता घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा भन्दा कडाकार्वाही नगरिएमा महासंघ देशव्यापी रुपमा शशक्त आन्दोलन सुरु गर्न बाध्य हुने महासंघका महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अवका दिनहरुमा यस्तो अपराधिक घटना दोहोरिन नदिन र सामाजिक शान्ति सुरक्षा कायम राख्न आवश्यक पहलका लागि समेत नेपाल सरकारसँगम हासंघले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।