बुढानिलकण्ठ नगरपालिका-५ मा आयोजित खाना महोत्सव सम्पन्न

बुढानिलकण्ठ नगरपालिका-५ मा आयोजित खाना महोत्सव सम्पन्न

कपन अनलाइन

काठमाडौँ, माघ ६ ।बुढानिलकण्ठ नगरपालिका वडा-५ मा रहेको चिसिनिमा आयोजित खाना महोत्सव सम्पन्न भएको छ ।

आउंदै गरेको  नयाँ वर्ष “सोनाम ल्होछार”को अवसरमा पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले चिसेनी तामाङ महिला समुहको अग्रसरतामा उक्त  खाना महोत्सव आयोजना  भएको हो । पर्यटन प्रवर्द्धनका लागि गरिएको उक्त खान महोत्सव पहिलो पटक भएको र यस कार्यक्रमलाइ निरन्तरता दिईने कार्यक्रमका सयोजक हेब्सिवा तामांगले बताएकी छिन ।

उक्त कार्यक्रममा बागमती प्रदेश का सभासद दिपक निरौला , सभासद सिता लामा , नगर प्रमुख उद्धव खरेल , वडा अध्यक्षहरु  सुरेन्द्र लामा , बालकृष्ण श्रेष्ठ , बिजय तामांग लगायत अन्य महानुभावहरुको उपस्थिति रहेको थियो ।

उक्त खान महोत्सवमा स्थानीय खानाका  परिकारको साथै नाच गानको व्यवस्था गरिएको थियो ।बुढानीलकण्ठ नगरपालिका वडा ३ र ५ को सिमानामा रहेको करीव ३ सय रोपनी क्षेत्रफलमा निर्माण भइरहेको आइतवारे पार्क क्षेत्रको प्रवर्धन र सो क्षेत्रको संस्कृती र उत्पादनको प्रचारका लागी कार्यक्रम आयोजना गरिएको हो  ।

फोटो सौजन्य : बिएसजी

तपाइँको प्रतिक्रिया ।