सहभाव साकोस गोकर्णेश्वर -८ को रक्तदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

सहभाव साकोस गोकर्णेश्वर -८ को रक्तदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं माघ ४ । “सामाजिक कार्यमा सहभाव” भन्ने मूल नाराको साथमा  बृहत रक्तदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा संचालित सहभाव बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार बृहत रक्तदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको हो।

 गोकर्णेश्वर नगरपालिका वडा नं८ बेशिगाउ पेट्रोल पम्प संगै रहेको संस्थाको प्रांगणमा भएको सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रवक्ता एबम वडा नं८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना रहेका थिए भने बिशेष अतिथिको रुपमा साहित्यकार बाजुराम पौडेल संस्थाका पदाधिकारीहरु सहित ज्येष्ठ नागरिक र रक्तदाताहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता सहभाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष संजय पोखरेलले गरेका थिए। रेड क्रस सोसाइटीको प्राबिधिक सहयोग तथा सिद्धार्थ बैक जोरपाटी साखा चन्दा डेन्टल क्लिनिक बेसिगाउ र नेपाल बुद्द तथा महिला सेवा केन्द्र बेसिगाउको प्रायोजनमा बिहान १२ बजे देखि भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए रक्तदान गर्ने धेरैको इच्छा भए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा रक्तादान गर्न सकेनन। रक्तदान गर्ने रक्तदाताहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले प्रसंशा पत्र वितरण गरेका थिए ।त्यसै गरि सोहि कार्यक्रममा ८० वर्ष भन्दा माथिका ४५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो भने उनिहरुलाई टेक्नको लागि लट्ठी समेत वितरण गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका का प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले  ज्येष्ठ नागरिकले घर परिवार समाज र देशलाई दिएको योगदान सबैले कदर र उच्च सम्मान गर्नुपर्ने बताए उनले ज्येष्ठ नागरिकको सेवा गरे इश्वर खोज्न टाढा जानु नपर्ने समेत बताए ।उनले वडाले प्रत्येक वर्ष ज्येष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण समेत गराउदै आएको स्मरण गरेका थिए।      उनले ज्येष्ठ नागरिक अनुभवका खानी  भएको बताउदै  श्रुति, नीति वा उखान र किम्वदन्ती अग्रजबाट अनुज पुस्तामा हस्तान्तरण हुने भएकाले ज्येष्ठ नागरिक समाजका शिक्षक समेत भएको बताए।

 परिवारका प्रत्येक सदस्यले म पनि भोलि ज्येष्ठ नागरिक हुनेछु भन्ने सत्यबोध गरी ज्येष्ठ नागरिक को सम्मान गर्नु पर्ने बताए । त्यसैगरि उनले रक्तदान गर्नु पुण्यको काम भएको हुदा आयोजक र रक्तदाताहरुलाई धन्यबाद दिएका थिए ।उनले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत उदाहरणीय कार्य गरको भन्दै त्यसलाई निरन्तरता दिन समेत अनुरोध गरेका थिए ।

सभाध्यक्षको आसन बाट बोल्दै संस्थाका अध्यक्ष संजय पोखरेलले  संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्य गरेको बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाइ निरन्तरता दिने बताउदै कार्यक्रम  सफलता पुर्वक सम्पन्न गर्नको लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।