स्वास निरन्तर !

स्वास निरन्तर !

कपन अनलाइन

काठमाडौँ,माघ ३/बिक्रम श्रेष्ठ“सागर”/ कविता

स्वास निरन्तर भित्रबाहिर, रुक्नेछ यो अहिले कहिले !
हेर सुकेको फूल डालीमा, झर्दछ त्यो अहिले कहिले !!

जीवननौका डुब्नै आँट्यो ! देखिन्नयहाकोहि सहारा !!
रत्तिभरको शङ्का नराखि ! खोजी हिड्छु तिम्रै सहारा !!

मनले छुने तार नै टुट्यो ! ढुकढुकी मुटुको थामियो !!
व्यर्थैजीवनजिउने यहाँ ! अब छैन कुनै अभिलाषा !!

लुकेको छैन सत्य र धर्म ! कर्ममा नै छ विश्वास मेरो !!
मृत्यु हो मेरो शाश्वत सत्य ! तिमीमा नै छ भरोसा मेरो !!

स्वास निरन्तर भित्रबाहिर ! रुक्नेछ यो अहिले कहिले !!
हेर सुकेको फूल डालीमा ! झर्दछ त्यो अहिले कहिले !!

तपाइँको प्रतिक्रिया ।