प्रेम गरौं !
कपन अनलाइन
काठमाडौँ,माघ ३/ढुण्डीराज पोखरेल/ कविता
प्रेम बल हो ठूलो शक्ति, चमत्कार हुन्छ प्रेममा
मानिसकामनकाचिरा, जोड्ने शक्ति छ प्रेममा ।
सैयौं सम्बन्ध बिग्रन्छन्, खडेरी प्रेममा परे
लाखौं सम्बन्ध सुध्रिन्छ, प्रेमकाबिजहरु छरे ।।
आफु जस्तै अरुलाई, सच्चा प्रेम दिने गर
हुन्थ्यो सुन्दर यहीजीवन, मानवको व्यवहार गरें ।
प्रकेतिले सधैँ दिन्छ, प्रमोपहार सबै कुरा
प्रेममा नै अडिएका छन्, ति शैल उच्च टाकुरा ।।
जिन्दगीले सबैलाई, दिएको छ उपहार
प्रेम बाड्न सके मात्र, बन्छ जीवन सार्थक ।
नकरात्मकताबाट, फैलन्छभावदुर्लव
सकारात्मकउर्जाले, बन्छ मानवनिर्मल ।।
अनुराग र उत्साह, सकारात्मक सोच हो
घृणा निरासाआक्रोश, कालो गोमन सर्प हो ।
दयाको हुन्नआकार, ठूलो सानो हुँदैन यो
अनुभूतिभए राम्रो, यही जीवन धन्य धन्य भो ।।
प्रेममाबाधिएको छ, यो संसार चराचर
जति बाडौंउति बढ्छ, प्रेम पोखरीको जल ।
दोषथोपर्नु अर्कामा, आलोचना गरीए गरी
त्यस्ताको प्रेमको बोट,डढिरहन्छ सधैँभरी ।।