श्री सिन्धुपुरानागाँउ मा.वि मेलम्ची नगरपालिका – ५ को नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण

श्री सिन्धुपुरानागाँउ मा.वि मेलम्ची नगरपालिका – ५ को नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण

कपन अनलाइन

मेलम्ची,पुस २८। मेलम्ची नगरपालिका – ५ सिन्धुकोट  स्थित श्री सिन्धुपुरानागाँउ मा.विको नवनिर्मित २० कोठाको तीन वटा सुविधा सम्पन्न भवन उद्घाटन तथा हस्तान्तरण कार्यकम सम्पन्न भएको छ।

पुर्व कानुन मन्त्री शेरबहादुर तामांगको प्रमुख आतिथ्यता सम्पन्न भएको उक्त कार्यक्रम बिद्यालयको ७२ औं वार्षिकोत्सब एवं ६५ औं अभिभावक दिवसको अबसर पारेर गरिएको हो।

उक्त कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपाल , मेलम्ची नगरपालिका – ५ का वडा अध्यक्ष सुदर्सन लुइँटेल, वडा सदस्य,प्रधानाध्यापक, शिक्षक, शिक्षिका लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

पुन:निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन ईकाई मार्फत जिल्ला आयोजना कार्यान्वयन ईकाईको संयोजनमा ADB को सहयोगमा भवन निर्माण सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा  बिद्यार्थीहरुले विभिन्न मनोरन्जनात्मक प्रस्तुति देखाउनुको साथै परीक्षामा उत्कृस्ट नतिजा ल्याउन सफल बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।