चरम राजनीतिकरणको चपेटामा बालउद्दार मावी ,बुढानिलकण्ठ १०

चरम राजनीतिकरणको चपेटामा बालउद्दार मावी ,बुढानिलकण्ठ १०

कपन अनलाइन

काठमाडौं ,पौष २३।

बुढानीलकण्ठ नगर पालिका वडा १० मा रहेको बाल उद्दार मावी को ब्यवस्थापन समिती गठन चरम राजनीतिकरणको चपेटामा परेको छ।

नगरपालिकाको महत्वपूर्ण शैक्षीक संस्थाका रुपमा रहेको यस बिध्यालयमा ब्यवस्थापन समिती गठनको प्रकृया शुरु भे संगै स्थानिय राजनितिक दलहरु सकृय बनेका छन । लामो समय देखी खुल्ला र भद्दा राजनितिको क्रिडास्थल बनेको यस विध्यालयमा गठन हुने ब्यवस्थापन समितीको ब्यवस्था मिलाउन भन्दै विभिन्न दलका स्थानिय नेताहरुको समुह परिचालन भएको चर्चा अहिले कपन क्षेत्रमा ब्यपक चल्न थालेको छ।

यसै क्रममा अहिले सो बिध्यालयमा ब्यवस्थापन समिती गठनका लागी समाजसेवीको पहिचान बनाएका नेकपाका जिल्ला स्तरीय नेता मीठाराम अधिकारीको नेतृत्वमा एक समुह परिचालन भएको श्रोतले जानकारी दिएको छ।

अधिकारीको नेतृत्वमा बनेको सो समुहमा कपन क्षेत्र बाट नेकपा काठमाडौंमा प्रतिनीधित्व गर्ने सदस्यहरु रहेको र सो समुहले विभिन्न समयमा चरणवद्द बैठक गरेको श्रोतले जानकारी दिएको छ भने संयोजनको जिम्मेवारी पाएका अधिकारीले वर्तमान अध्यक्ष शिव प्रसाद बजगाईं संग कुनै सल्लाह नगरेकोमा समुहको प्रभावकारीता माथी नै प्रश्न उठेको धेरैको बुझाई रहेको एक पुर्व सदस्यले कपन अनलाइनलाई बताएका छन।

बिद्यालयको स्थापना काल देखिनै विभिन्न रुपमा सक्रिय रहेका बजगाईले विद्यालयको अधिकतम हित हुने गरि समिति गठन गर्न मार्ग प्रसस्त गर्दै सो अनुरुप समिति गठनको प्रक्रिया अगाडी बढाउन सहजीकरण गरेका थिए।

अहिले बुढानिलकण्ठ नगरपालिकाका सबै बिद्यालयमा व्यवस्थापन समिति गठनको प्रक्रियामा रहेकोले यसमा एउटा क्षेत्रका केहि वडाका विद्यालयमा मात्र यसरि प्रक्रियाको छलफल गर्नु उचित नरहेको र यसका लागि समग्र नगरपालिकाको प्रक्रिया एकसाथ टुंग्याउनु पर्ने नेकपा बुढानिलकण्ठका एक नेताले बताएका छन ।

यस भन्दा अगाडी पनि बुढानिलकण्ठ -१० मा रहेको सो विध्यालय स्थानीय राजनीतिक दलको चपेटामा परेर दल विशेषका सहायक प्रधान अध्यापक र सदस्य नियुक्त गर्नु पर्ने बाध्यतामा परेर चरम आर्थिक भार खेप्न बाध्य बनेकोले यस पटक शिक्षा नियमावलीमा उल्लेख बने अनुसारको समिति बन्नु पर्ने शिक्षक अभिभावक संघका एक पुर्व सदस्यले बताए ।

चरम राजनीतिको नमुना नियम विपरित आमन्त्रित सदस्य

बालउद्दार मावी बुढानिलकण्ठ -१० मा राजनीतिक चलखेलको नमुनाका रुपमा अघिल्लो समितिमा आमन्त्रित सदस्य राखेको बाट पनि प्रस्ट देखिन्छ । शिक्षा नियमावली र ऐनले कुनै पनि स्थानमा पहिचान नगरेको आमन्त्रित सदस्यको व्यवस्था गरेर चरम राजनीतिक खेलवाडको नमुना प्रस्तुत गरेको विध्यालयमा  फेरी सो खेल शुरु भएकोमा केहि सरोकारवालाले आपत्ति समेत जनाएका छन ।

यस अघि नियम विपरित वडा नं १० मा स्थानीय तहको निर्वाचंमना पराजित श्याम तिमल्सिनालाई आमन्त्रित सदस्य नियुक्त गरिएको थियो भने तिमल्सिनाले आफ्नो गरिमा गुमाउदै अबैधानिक सदस्यको रुपमा काम गरेका थिए ।

त्यस प्रकरण पश्चात एउटा राजनीतिक दलको उम्मेदवार भएको व्यक्तिले सामने नियम कानुन र ऐन नहेरी पदमा जान आतुरी गरेको भन्दै तिमल्सिनाको आफ्नै दल भित्र चरम आलोचना समेत भएको थियो ।

नगरपालिकामा शिक्षिक विकासमा निकै ठुलो योगदान पुर्याउदै आएको यस विद्यालयको विकासमा सहजीकरण र सहयोग गर्नुपर्ने राजनीतिक दलले व्यवस्थापन समिति गठनमा खुल्ला परेड खेल्दा यसले राम्रो संदेश नगएको र यसमा नगरपालिकाले  नै समग्र योजना बनाएर लाग्नु पर्ने नेपाली कांग्रेसका एक नेताले बताए । आफ्नो दलले विगतमा राजनीतिक खिचातानीमा बिद्यालय तानेको र त्यसले राम्रो नगरेको स्मरण गर्दै उनले नियम संगत चल्ने वातावरण बनाउनु पर्ने धारणा राखेका छन ।

अहिले सो विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लक्ष्मी संग्रौला ,संजिता डोटेल ,शान्ति तिवारी ,मधु अधिकारी लगायतले दावी गरिरहेको श्रोतले जानकारी दिएको छ ।

त्यस्तै उक्त विद्यालयको व्यवस्थापन समितिमा दुइ कार्यकाल काम गरेर सुधारका धेरै कार्यक्रम लागु गर्न पहल गरेका हरिराम ढुंगाना पनि पछिल्लो समय अध्यक्ष बन्ने दौडमा अगाडी देखिएका छन । ढुंगानालाई सो विद्यालय व्यवस्थापन समितिका केहि पुर्व अध्यक्ष र सदस्यहरुको साथ र समर्थन रहेको बताइन्छ ।

व्यक्ति जो सुकै भए पनि विधि नियम र विद्यालयको हित अनुकुल सक्रिय रुपमा काम गर्ने अध्यक्ष तथा सदस्य आउनु पर्ने विध्यालयका एक शिक्षक बताउछन । संकुचित राजनीतिक सोच लिएर विद्यालयको नेतृत्व गर्दा त्यसले विभाजन ल्याएको र कार्य सम्पादनमा नै असर पार्ने गरेको स्मरण गर्दै ति शिक्षकले आगामी दिनमा त्यसो हुनु नहुने धारणा राखेका छन ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।