माघ १ गते हुन लागेको छैठौं तारेभिर महोत्सवको प्रचार प्रसारका लागि बृहत मोटरसाइकल र्याली गरिने

माघ १ गते हुन लागेको छैठौं तारेभिर महोत्सवको प्रचार प्रसारका लागि बृहत मोटरसाइकल र्याली गरिने

कपन अनलाइन

काठमाडौं पौष २२ ।काठमाडौं उपत्यकाको  उत्तरी शिर शिवपुरी पर्वत श्रृङखलाको महत्वपुर्ण स्थन तारेभिरमा हरेक वर्ष माघ १ गते हुने तारेभिर महोत्सवको तयारी शुरु भएको छ। तत्कालीन प्रतिनिधि सभा सदस्य तथा वर्तमान प्रदेश सभा सदस्य रामेश्वर फुयालको पहलमा शुरु भएको महोत्सव छैटौं श्रृङखला सम्म आइपुगेको छ। छैठौ तारेभिर महोत्सबको पूर्व सन्ध्यामा बिभिन्न प्रचारात्मक कार्यक्रम समेत हुने भएको छ ।काठमाडौंको नजिकै भएतापनि तारेभिर भौगोलिक रुपमा दुर्गम रहेको  उक्त ठाँउको धार्मीक सांस्कृतिक तथा प्राकृतिक सम्पदाको पहिचानलाई जोगाउनका साथै त्यस क्षेत्रको आर्थिक सामाजिक विकासलाई टेवा पुग्ने विश्वासका साथ महोत्सव आयोजना हुदै आएको छ ।

तत्कालीन प्रतिनिधि सभा सदस्य तथा वर्तमान प्रदेश सभा सदस्य रामेश्वर फुयालको पहलमा शुरु भएको महोत्सव छैठौं श्रृङखला लाइ भब्य रुपमा सम्पन्न गर्नको लागि स्थानीय पनि जुटेका छन । स्थानीयले छैठौं तरेभिर महोत्सबको प्रचार प्रसार एबम भ्रमण वर्ष २०२० लाइ समेत टेवा पुग्ने विश्वासका साथ पौष २६ गते शनिबार बृहत मोटरसाइकल र्याली गर्न लागेका छन् ।स्थानीय हरिबोल बिष्टका अनुसार जोरपाटी चोक बाट १० बजे बाट  सुरु हुन लागेको सो मोटरसाइकल र्यालीमा सहभागी हुने हरुलाई नेपाल राष्ट्रिय झण्डा र नेपाली टोपी को साथमा उपस्थित हुन पनि अनुरोध गरिएको बताए । हरिबोल बिष्ट जापानमा रहंदा पनि जापानका बिभिन्न शहरमा नेपालको राष्ट्रिय झण्डा र टोपी सहित मोटरसाइकल मा सवार भइ नेपालको प्रचार गर्दै आएका छन्  भने उनले जापानमा नै  नेपाल को झन्डा अंकित टिशर्ट लगायर स्काई डाइभ समेत गरिसकेका छन ।

गत शनिबार नै उक्त मोटरसाइकल र्याली आयोजना गर्ने भनेता पनि प्रतिकुल मौसमको कारण स्थगित गरिएको लायन रामेश्वर बिष्टले बताए। उनले सो मोटरसाइकल र्यालीमा सहभागी भइ आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गरी सहयोग गर्न पनि अनुरोध गरेका छन्। मोटर साइकल र्यालीको लागि स्थानीय हरिबोल बिस्ट , लायन रामेश्वर बिष्ट, सन्तोष बिष्ट,  नबिन बिष्ट लगायतले सहकार्य गरिरहेका छन  ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेर नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। सरकारको उक्त लक्ष्य प्राप्तिका लागि पनि मोटरसाइकल र्याली र तारेभिर महोत्सवले सहयोग पुर्याउने लायन रामेश्वर बिष्टले कपन अनलाइन लाइ बताए ।

त्यसै गरि तारेभिर महोत्सबकै पूर्वसन्ध्यामा अभिनव साहित्य समाजले  पौष  २९ गते तारेभीरमा नै  प्रतियोगितात्मक स्थलगत कविता लेखन तथा वाचन कार्यक्रम समेत आयोजना गरेको छ ।उक्त प्रतियोगितामा  सहभागि हुन इच्छुक साहित्यिक प्रतिभावानहरूलाइ नाम अभिलेख गर्न पनि अभिनव साहित्य समाजका गोबिन्द घिमिरे बेदमणिले अनुरोध गरेका छन् । त्यसै गरि इन्टरनेट सेवा प्रदायक मेटालिंक संगको सहकार्यमा तारेभिरमा निशुल्क  वाई फाई सेवा समेत प्रदान गर्न लागिएको छ ।

तपाइँको प्रतिक्रिया ।