सांसद गगन कुमर थापाको “म स्वस्थ-मेरो देश स्वस्थ”अभियान अन्तर्गत नि:शुल्क पाठेघर परिक्षण तथा स्वस्थ जीवन शैली प्रवर्द्धन कार्यक्रम हुने
कपन अनलाइन
काठमाडौँ, पौष ११। सांसदको कार्यालय काठमाडौं क्षेत्र नं ४ माननीय सांसद गगन कुमर थापाको आयोजना तथा मानव स्वास्थ्यको सह आयोजनामा शनिबार निशुल्क पाठेघर परिक्षण तथा स्वस्थ जीवन शैली प्रवर्दन कार्यक्रम आयोजना गरिने भएको छ। पछिल्लो समय महिलाहरुको संबेदनशील अंग पाठेघरको संक्रमणले राजधानी देखि दुर दराजका महिलाहरुलाइ पिरोल्दै आएको समस्यालाइ दृष्टिगत गर्दै पाठेघरको संक्रमणको निकारकणरका लागि चेतना अभिृद्धि गर्ने लक्ष्य सहित सांसद गगन कुमार थापाले शुरु गरेको “म स्वस्थ- मेरो देश स्वस्थ” अभियान अन्तर्गत सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
महिलाहरुमा पाठेघर संक्रमणको समस्या प्रति अनभिज्ञ हुँदै गर्दा पाठेघर आफैमा रोगको घर बन्दै क्यान्सरमा रुपान्तरण हुने सक्ने भएकाले समयमानै यसको उपचार गर्न सके धेरै राहत मिल्न सक्छ । तर पाठेघरको समस्यालाइ नजर अन्दाज गर्ने प्रवृतिका र यसप्रति सचेत बन्न नसक्दा पाठेघर क्यान्सरका कारण थुप्रै महिलाले ज्यान गुमाउँनु परेको तितो यर्थात हामीवीच विद्यमान रहिआएको छ ।
यहि समस्यालाइ चेतनाको रुपमा प्रवाह गर्दै विद्यमान समस्यालाइ केहि हदसम्म भएपनि न्यूनिकरण गर्ने लक्ष्य सहितपौष १२ गते शनिबार बिहान १० बजे देखि अपरान्ह २ बजे सम्म अग्रवाल भवन कमल पोखरीमा सो कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । साथै बिहान १० बजे देखि अपराह्न १ बजे सम्म नाम दर्ता गर्न सकिने हुँदा उक्त कार्यक्रममा सहभागी हुनको लागि पनि आयोजकले अनुरोध गरेको छ ।