ब्लड क्यान्सर पीडित मनमाया मगरलाई आर्थिक सहयोगको अपिल

ब्लड क्यान्सर पीडित मनमाया मगरलाई आर्थिक सहयोगको अपिल

कपन अनलाइन

काठमाडौँ,पुस ९।ब्लड क्यान्सर पीडित मनमाया मगरले आर्थिक सहयोगको अपिल गरेकी छिन्।

रामेछाप नगरपालिका वडा न ४ स्थायी ठेगाना र ओखलढुंगा चम्पादेवी गाउँपालिका पलापु वडा नं २ पुलामिटोल माइती घर भएका २८ बर्षिय मनमाया मगर बिगत २ महिनादेखी ब्लड क्यान्सर पीडित छन्।

उनको  हाल सिभिल सर्भिस अस्पताल काठमाडौमा उपचार गराईरहेकी छिन्।अस्पतालका चिकित्सकका अनुसार बिरामीलाई तत्कालै (बोनेमेरो टान्सप्लान्ट)गर्न २० लाख खर्च लाग्न सक्ने सिभिल सर्भिस अस्पताले जनाएको छ। उनको  परिवारको आर्थिकस्तर कमजोर रहेको कारणले उपचार खर्च जुटाउन नसकेकोले गर्दा आर्थिक सहयोगको लागि उनका श्रीमानले सहयोगको अपिल गरेका छन्।उनले विभिन्न सामाजिक संघ सस्था,देश बिदेशमा रहेका सामाजिक अभियान्ताहरु,सहयोगी सहहृदय मनमुटुहरुमा सहयोगको अपिल गरेका छन् ।बिरामीको उपचारको लागि हाल सम्म स्वादेश तथा बिदेशबाट ४५ हजार आर्थिक सहयोग रकम जुटेको छ। बिरामी लाई अझै धेरै दिन अस्पताल राखेर उपचार गर्नु पर्ने हुनाले ठुलो धनराशि खर्च हुने सिभिल अस्पतालका चिकित्सकले बताएको छ।

“मानव जिबनमा सेवा नै धर्म हो आफू पनि बाचौ अरुलाई पनि बचाऔ भन्ने बिचार र उदेश्य राख्ने विभिन्न सामाजिक अभियान्ता र सहयोगी मनहरुको थोरै सहयोगले कसैले नंया जीवन पाउन सक्छ भन्न्ने हेतुले केही रकम संकलन भैइरहेछ छ,पीडित बिरामीलाई आर्थिक रकममा सहयोग गर्न चाहानु हुने सहयोगिहरुले प्रभु बैंकमा केदार मगरको खाटा नं १०११०७०१४२८३७४०००००१मा रकम जम्मा गर्न सक्नु हुनेछ।

बिरामीको अवस्थाबारे थप जान्न चाहानु हुने शुभचिन्तकहरु तथा रकम सहयोग गर्न चाहानुहुन्छ भने पीडित बिरामीको श्रीमान केदार मगरको सम्पर्क नं ९८४८७४८७२३ सम्पर्क गरि सहयोग गर्न सक्नु हुनेछ।।

तपाइँको प्रतिक्रिया ।