बुढानिलकण्ठ नगपालिकाको करिव ३ सय रोपनी क्षेत्रफलमा आइतवारे पार्क निर्माण हुने
कपन अनलाइन
काठमाडौँ, पुस ६। बुढानिलकण्ठ नगरपालिका वडा ३ र ५ मा रहेको आइतवारे पार्क निर्माणका लागि पहल शुरु भएको छ।
करिव तीन सय रोपनी क्षेत्रफल रहेको सो स्थानमा बाल उधान , पुस्तकालय र पैदलमार्ग सहितको पार्क निर्माण गर्न लागिएको हो। बुढानिलकण्ठ नगरपालिकाको उक्च भागमा रहेको सो स्थानमा पार्क निर्माणका लागि गुरु योजना निर्माण भैसकेको छ भने बृस्तृत योजना निर्माणको काम शुरु गरिएको छ।
यसै क्रममा प्रदेस -३ प्रदेस सभा सदस्य दिपक निरौलाको संयोजनमा काठमाडौं महानगरपालिकाका प्रमुख बिध्या सुन्दर शाक्यले सो स्थानको अवलोकन गर्दै महानगरबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन।
काठमाडौं महानगरपालिकाले प्रदान गर्ने अन्तर नगर सहकार्य बापतको १ करोड रकम उक्त पार्क निर्माणका लागि खर्च गर्ने बताएका प्रमुख शाक्यले उक्त स्थानलाई पर्यटनको केन्द्र बनाउन महानगर जुनसुकै सहयोग उपलव्ध गराउन तयार रहेको बताएका थिए।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज नजिक रहेको सो स्थानमा पानी घट्ट , लघु जलबिध्युत आयोजना , तुईन सहित बृहत पार्क निर्माणका लागि प्रदेश सरकार र नगरपालिकाले बजेट ब्यवस्थापन गरेको प्रदेश सभा सदस्य दिपक निरौलाले जानकारी दिएका थिए ।
करिव २० करोडको लगानीमा बन्ने उक्त पार्कमा नमुना झोलुङ्गे पुल समेत रहनेछ । त्यस्तै सो पार्कको सिरानमा बिष्णुमति नदिको पानी उपयोग गरि पोखरी निर्माण गरेर माछा पालन गरिनेछ भने पार्क क्षेत्रको उचित स्थानमा अलैंचीका विरुवा समेत रोपिनेछ।त्यस्तै विभिन्न स्था बाट पैदल मार्ग रहने सो पार्कमा फलफूल बगैंचा समेत बनाइनेछ।
बुढानिलकण्ठ र टोखा नगरपालिकालाई पर्यटकिय केन्द्र बनाउने अभियानमा सकृय रहेका प्रदेश सभा सदस्य निरौलाको संयोजनमा भएको उक्त अवलोकन भ्रमणमा बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल , वडा -३ का अध्यक्ष बाल कृष्ण श्रेष्ठ ,वडा -५ का अध्यक्ष बिजय तामाङ , वडा सदस्यहरु धन माया महर्जन , हेपसिवा तामाङ , नगरपालिकाका इन्जिनियर बैकुण्ठ भन्डारी लगायतको सहभागीता रहेको थियो ।
बुढानिलकण्ठ मन्दिर क्षेत्र बाट करिव ३० मिनेटको पैदल दुरिमा रहेको सो पार्क क्षेत्र संगै जाम्छेन बिजय स्तुपा रहेको छ।
तपाइँको प्रतिक्रिया ।