टोखा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा इमरजेन्सी तथा प्रसुती सेवा शुरु

टोखा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा इमरजेन्सी तथा प्रसुती सेवा शुरु

कपन अनलाइन

काठमाडौँ, पुस २ । टोखा नगरपालिकाको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा इमरजेन्सी तथा प्रसुती सेवा शुरु भएको छ ।

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले  स्वास्थ्य केन्द्रमा आयोजना गरेको कार्यक्रमबीच  टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सो सेवाको उद्घाटन गरेका हुन् ।

सो  कार्यक्रमलाई संबोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले नगरबासीहरुलाई छिटो, छरितो र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका लागिपरेको बताउदै नगरपालिकाले जेष्ठ नागरिकहरुलाई घरदैलो मै गएर स्वास्थ्य सेवा प्रदान गरिरहेको बताएका थिए ।

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पताल बनाउने अभियानमा नगरपालिका लागेको बताउदै नगर प्रमुख प्रकाश अधिकारीले नगरपालिकामा हाल विकास निर्माणका कामहरु तिब्र रुपमा सञ्चालन भैरहेकोले विकास निर्माण र सेवा प्रवाहका कामहरुलाई सरल, सहज र प्रभावकारी बनाउन सक्रिय भएर लाग्न जनप्रतिनिधिहरु, कर्मचारीहरु र नगरबासीहरुलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले नगरपालिका शिक्षा, स्वास्थ्यका साथै पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, पर्यटन प्रवद्र्धन, साँस्कृतिक सम्पदाहरुको संरक्षण लगायत जनसरोकारका कार्यहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको पनि जानकारी दिएका थिए ।
कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले नगरबासीहरुले स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवा प्रवाहबार गुनासो नआउने गरी स्वास्थ्य केन्द्रबाट गुणस्तरीय रुपमा स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक र कर्मचारीहरुलाई आग्रह गरेकी थिइन् ।

सो कार्यक्रममा उपप्रमुख ज्ञानमाया डंगोलले यस प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पताल बनाउन नगरपालिका सक्रिय भएर लागेको बताउदै संविधान बमोजिम सबै नगरबासीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका लागिपरेको बताएकी थिइन् ।

कार्यक्रममा टोखा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष एवम् टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दिपक राज जोशीले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन वडा कार्यालय र व्यवस्थापन समिति लागिपरेको बताउदै यस प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पताल बनाउका लागि आगामी दिनमा अझ बढि प्रभावकारी रुपले पहल गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका पूर्व अध्यक्ष काशिनारायण श्रेष्ठ लगायतलाई टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सम्मान गरेका थिए ।

कार्यक्रममा टोखा नगरपालिकाका वडा अध्यक्षहरु जगन्नाथ ढकाल, जोग प्रसाद नेपाल, मधुसुदन पाण्डे र धर्मेन्द्र श्रेष्ठ तथा नगर कार्यपालिका सदस्यहरु कल्पना घिमिरे र शोभा तामाङ लगायत जनप्रतिनिधिहरु, कर्मचारीहरु, चिकित्सकहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

फोटो सौजन्य: स्थानीय सरोकार.कम

तपाइँको प्रतिक्रिया ।