बुढानिलकण्ठ नगरपालिका – १२ को नागरिक सुरक्षा भत्ताको नाम दर्ता तथा नवीकरण सम्बन्धी सूचना

बुढानिलकण्ठ नगरपालिका – १२ को नागरिक सुरक्षा भत्ताको नाम दर्ता तथा नवीकरण सम्बन्धी सूचना

कपन अनलाइन

काठमाडौं, पुस १ । बुढानिलकण्ठ नगरपालिका वडा नं -१२ को कार्यालयले सार्वजनिक सूचना जारि गरेको छ। वडा अध्यक्ष शम्भुप्रसाद भट्टराईद्वारा हस्ताक्षरित  उक्त सूचना मार्फत यस नगरपालिका १२ नं. वडा भित्र स्थायी बसोबास गर्ने महानुभावहरुमध्ये आगामी साल २०७७ फागुन मसान्तसम्म ७० बर्ष पुरा हुनुहुने जेष्ठ नागरिक तथा सोहि मिति सम्म

६० बर्ष पुरा हुनु हुने दलित जेष्ठ नागरिकहरुको सुरक्षा  भत्ताको लागि यही पुस मसान्तसम्म नाम दर्ता गर्नुपर्ने र हाल भत्ता खाइरहेका सम्पूर्ण लाभग्राहीहरुको नाम नवीकरण पनि पुस मसान्तसम्म गर्नुपर्ने भएकोले उल्लेखित महानुभावहरुले तपशिल बमोजिमको कागजात सहित पुस मसान्तसम्म वडा कार्यालयमा बुझाउनु हुन् यसै सूचना मार्फत अनुरोध गरेको छ ।

आवश्यक कागजात

  • नागरिकताको प्रतिलिपि१ प्रति
  • पासपोर्ट साइजको फोटो २ प्रति
  • बसाईसराइको प्रतिलिपि
  • बिधुवा भत्ताको हकमा पतिको मृत्यु दर्ताको प्रितिलिपि
  • अपाङ्गताको हकमा परिचयपत्रको प्रतिलिपि
  • अशक्त बालबालिकाको हकमा संरक्षकको फोटो र नागरिकताको प्रतिलिपि १/१
तपाइँको प्रतिक्रिया ।