के-हब कार्यक्रमका लागि महानगर र युएनडिपिबीच सम्झौता

के-हब कार्यक्रमका लागि महानगर र युएनडिपिबीच सम्झौता

कपन अनलाइन

काठमाडौं, पुस १ । काठमाडौं मेट्रोपोलिटन सिटी हब (के—हब) कार्यक्रम थालनी गर्न काठमाडौं महानगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपि) बीच सम्झौता भएको छ ।

आइतबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र युएनडिपिका आवासीय प्रतिनिधि आइसानी मेडागाङ्गोडा लबेबीच युवाहरुबीच उद्यमशीलतामा आधारित तथा उत्पादनमुलक कार्यक्रम थालनी गर्न सम्झौता भएको हो ।

उक्त कार्यक्रममा कामनपा प्रमुख शाक्यले  भने हामीले सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रसँग मिलेर सहर युवाका लागि यो कार्यक्रम थालनी गर्न लागेका हौं । यो कार्यक्रममा आफ्नो ठाउँमा कमाइ हुने सम्भावना नदेखेर श्रमका लागि बाध्यताबश बिदेश जानु पर्ने अवस्थाका सहरी युवालाई सहभागी गराइनेछ । काठमाडौंबाहिरबाट आएका हजारौं व्यक्तिले यहाँ राम्रो आयआम्दानी गरिरहेका छन् भने यहीँका युवाले कमाउन नसक्ने होइन । प्रमुख शाक्यले थप्दै भने सोच भएका तर कसरी गर्ने भनेर अलमल्लमा परेका युवालाई बाटो देखाउने कार्यक्रमको मुख्य उद्देश्य हो । यसका लागि महानगरले लगानी गर्छ र आवश्यकता अनुसार क्रमशः लगानी साझेदारिता बढाउँदै लैजान सकिनेछ ।

कार्यक्रममा उद्यम तथा साना उद्यम, न्युन लगानी भएका तथा स्वरोजगारमुलक व्यापारजस्ता उत्पादनमुलक क्षेत्रका बिषयमा सिकाइ प्रवर्धन गरिन्छ ।

कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले — सानातिना उद्यमशील प्रयासबाट सहरमा ठूलो प्रभाव ल्याउन सक्ने बताए । यसका लागि युवाहरुलाई सम्भावना देखाउने कोशिस गरिनेछ, उपाध्यक्ष बस्नेतको भनाइ थियो । नेपालबाट युवा पलायन हुँदा बौद्धिक पलायन मात्र होइन, यसबाट देशको आय उर्जामा पनि कमी आएको छ । हामीले स्वतःस्फूर्त बिदेश जानेलाई रोक्न खोजेको होइन,

कार्यक्रममा सहरी योजना आयोगका सदस्य डा. कीर्ति कुसुम जोशी भन्छन् हामीले आशा गरेका छौं । कार्यक्तम सञ्चालनमा आइसकेपछि बाध्य भएर बिदेश जानु पर्ने अवस्थामा कमी आउनेछ । निश्चित अवधिमा आफू रोजगार बन्ने र अरुलाई रोजगारी दिने गरी युवालाई प्रोत्सााहन हुने गरी कार्यक्रम सञ्चालन हुनेछ । उहाँका अनुसार आगामी साढे २ बर्षभित्र कम्तीमा ५ वटा उद्यम सञ्चालन हुनेछन् ।

सम्झौतापछिको प्रतिक्रियामा आवासीय प्रतिनिधि लबेले — स्थानीय स्तरमा उपलब्ध तर बजार भाउ नपाएका सामान तथा बस्तुलाई बिक्री योग्य बनाउने र उत्पादिन सामानलाई बजारको पहुँचमा पुर्याउने लक्ष्यसहित यो कार्यक्रममा युएनडिपि सहभागी भएको हो । कम लागतमा गुणस्तरीय बस्तु उत्पादन, ढुवानी, भण्डारण र वितरण व्यवस्थाका लागि युवालाई प्रोत्साहित गर्नुपर्छ, लबेको भनाइ थियो ।

सम्झौता बमोजिम शुरुवातमा कार्यक्रम सञ्चालनको बिधि तथा प्रक्रिया, सहभागी युवा छनौट प्रक्रिया, यसको दिगोपनाजस्ता बिषयमा अध्ययन र कार्यक्रम सञ्चालन ढाँचा तयार पारिनेछ । ‘नविन सोच निर्माण र कार्यान्वयन’ का लागि संयुक्त लगानीबाट हुने काम, आफ्ना—आफ्नै लगानीबाट सञ्चालन हुने काम, साझा कार्यक्रमको कार्यक्षेत्रजस्ता बिषय पहिचान अहिले गरिनेछ काम हुन् । छनौट गरिएका कार्यक्रमबाट अधिकतम लाभ लिन कार्यक्षेत्र र मार्गनिर्देशन तयार पार्ने बिषय अहिले सम्झौता पत्रमा उल्लेख छ । यही आधारमा साझेदारिता अघि बढ्नेछ ।

फोटो सौजन्य: काठमाडौं अनलाइन

तपाइँको प्रतिक्रिया ।