प्रथम अन्तर बिद्यालय बालकुमार गुरुङ मेमोरियल फुटसल प्रतियोगिताको उपाधी ग्रीन तारा चाइल्ड हेभनलाइ

प्रथम अन्तर बिद्यालय बालकुमार गुरुङ मेमोरियल फुटसल प्रतियोगिताको उपाधी ग्रीन तारा चाइल्ड हेभनलाइ

कपन अनलाइन

काठमाडौँ, मंगसिर ३०। राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (नेसनल –प्याब्सन) गोकर्णेश्वर द्वारा स्व. बाल कुमार गुरुङको स्मृतिमा आयोजित  प्रथम अन्तर बिद्यालय बालकुमार मेमोरियल फुटसल प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौं जिल्लाका निजी तथा सामुदायिक बिद्यालयहरु मध्ये कुल ३९ वटा बिद्यालयका ४४ वटा टिमले सहभागिता जनाएको उक्त प्रतियोगिता  बिहिबार बाट  ब्राइट जोन स्कुलको फुटसल मैदान जोरपाटी नयाबस्तिमा सुरु भएको  थियो भने सो प्रतियोगिता मंगसिर २९ गते आइतबार सम्पन्न भएको हो ।

शैक्षिक ज्ञान र शिप बिकासको साथ साथै खेल कौशलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको बिकास गर्नुको लागि अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउनुको साथै स्व बाल कुमार गुरुङले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाइ स्मरण गर्दै उनको स्मृतिमा उक्त प्रतियोगिता आयोजना  गरेको  नेसनल प्याब्सन गोकर्णेश्वर अध्यक्ष एबम बिपुल शिक्षा निकेतनका प्रिन्सिपल मोहन अधिकारीले जानकारी गराए। डेढ दशकदेखि शिक्षा क्षेत्रमा समर्पित रहेका बाल कुमार गुरुङ  गोकर्णेश्वर ६  पिपलबोटमा रहेको कान्तिपुर एकेडेमी हाई स्कूलका संस्थापक प्रिन्सिपल थिए भने प्याब्सकको अध्यक्ष, नेसनल प्याब्सन गोकर्णेश्वर नगरको अध्यक्ष, नेसनल प्याब्सन काठमाडौँको सह–सचिव रहेका थिए ।उनको २०७६ जेठ ३० गते निधन भएको थियो। उनकै सम्झनामा बालकुमार मेमोरियल फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।

उक्त प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका का प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा ,गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख विजय आचार्य प्याब्सन गोकर्णेश्वर अध्यक्ष मदन सुवेदी , प्याब्सकका अध्यक्ष  गेन्द्र लामा , निसानका अध्यक्ष एबम लिबेर्टी एकेडेमीका प्रिन्सिपल  ओम प्रसाद ढकाल , भेनस कलेजका चिफ कृष्ण गौतम ,प्याब्सकको केन्द्रिय महासचिव  एबम पायोनियर पब्लिक स्कुलका प्रिन्सिपल राजन श्रेष्ठ , ब्राइट जोन का प्रिन्सिपल  मदन रेग्मी ,  लगायत सहभागी बिद्यालयका प्रिन्सिपल र बिद्यार्थीहरुको उपस्थिति  रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेसनल प्याब्सन गोकर्णेश्वर अध्यक्ष एबम बिपुल शिक्षा निकेतनका प्रिन्सिपल मोहन अधिकारीले गरेका थिए। कार्यक्रम संचालन भेनस नेसनल कलेजका पब्लिक रिलेसन अफिसर बिनित राज अर्यालले गरेका थिए ।उक्त प्रतियोगिताको फाइनल खेल  लिबेर्टी एकेडमी र ग्रीन तारा चाइल्ड हेभन बीच भएको थियो ।उक्त खेलमा ग्रीन तारा चाइल्ड हेभनले लिबेर्टी एकेडमीलाइ ४-३ गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा गरेको हो । विट्स एकेडेमीलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हराई लिबर्टी फाइनल पुगेको थियो भने   विजेता ग्रिनतारा चाइल्ड हेभनले  सेमिफाइनलमा त्रिकोण एकेडेमीलाई ४-१ ले पराजित गर्दै फाइनलको यात्रा  तय गरेको थियो ।

आइतबार नै तेस्रो स्थानको लागि  मैदानमा  विट्स एकेडेमी र त्रिकोण एकेडमी भिडेका थिए। सो खेलमा विट्स एकेडेमीलाई त्रिकोण एकेडेमीले २-१ गोलले पराजित गरि तेस्रो स्थान हासिल गर्न सफल भएको थियो। प्रतियोगितामा फेयर प्ले टिम इस्टपोल एकेडेमीलेले हात पारेको थियो भने ,हाइ स्कोरर विट्स एकेडेमीका लक्ष्मण दर्लामी हुन सफल भए ।त्यसै गरि  उत्कृष्ट गोल रक्षक ग्रिनताराका बिनम मगर हुन सफल भए  ।

बिजता उप बिजेता र तृतीय हुने टिम सहित उत्कृष्ट खेलाडीहरु सहित प्रतियोगिता सफलता पुर्वक सम्पन्न गर्नको लागि सहयोग गर्ने हरुलाई पनि समापन सत्रका प्रमुखअतिथि गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना , बिशेष अतिथिहरु  गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा ,गोकर्णेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख विजय आचार्य, नेसनल प्याब्सन गोकर्णेश्वर अध्यक्ष एबम बिपुल शिक्षा निकेतनका प्रिन्सिपल मोहन अधिकारी लगायतले ट्रफी मेडल प्रमाणपत्र र प्रसंशापत्र  वितरण गरेका थिए । प्रतियोगितालाइ सफलता पुर्वक सम्पन्न गर्नको लागि गोकर्णेश्वर नगरपालिका, भेनस नेसनल कलेज, इष्ट पोल इन्टरनेसनल कलेज  , संजीवनी पब्लिकेसन , शुभारम्भ पब्लिकेसन , पी एस एल फाइबर ग्लास, युनिक पब्लिकेसन ,छहारी बुक्स एण्ड स्टेसनरीको सहयोग रहेको साथै प्याब्सन  गोकर्णेश्वर नगर कमिटिको पनि साथ रहेको  थियो  ।

फोटो : सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।