काठमाडौं महानगरपालिका -४ का स्थानीयको समस्या र गुनासो बुझ्दै सांसद नारायण सिलवाल

काठमाडौं महानगरपालिका -४ का स्थानीयको समस्या र गुनासो बुझ्दै सांसद नारायण सिलवाल

कपन अनलाइन

काठमाडौं ,मंसिर १७।

काठमाडौं महानगरपालिका वडा नम्बर ४ का स्थानीयले सडक, खानेपानी, बत्ती, टुकुचा खोलाको समस्या समाधान गर्न जनप्रतिनिधिलाई ध्यानकर्षण गराएका छन् ।

जनप्रतिनिधि निर्वाचित भएको दुई वर्ष पेगेको अवसरमा मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको कार्यक्रममा स्थानीयले समस्या समाधान गर्न स्थानीयले ध्यानकर्षण गराएका हुन् ।

जनताको गुनासापछि प्रदेश सांसद नारायण शिलवालले जनताको गुनासा छिटै समाधान हुने  बताएका थिए  । ‘विकासका कामले गति लिएको छ,’ उनले भने, ‘दीर्घकालिनरुपमा जनताको समस्या समाधान गछौं ।’

स्थानीयका समस्या समाधान गर्ने कार्यक्रम ल्याउन उनले वडालाई आग्रह गरे । ‘वडामा के–के समस्या छन् ल्याउनुहोस्,’ उनले भने, प्रदेशकोतर्फबाट सहयोग गर्न पहल गर्छु ।’

कार्यक्रममा वडाध्यक्ष मोहनबहादुर विष्टले वडालाई हरियाली र धुलोमुक्त बनाउने बताए । ‘वडालाई हरियाली र धुलोमुक्त बनाउँछौं,’ उनले भने, ‘कर्मचारीको संख्या अपुग छ । कर्मचारीको संखया बढाउने हो भने जनताको धेरै गुनासा सम्बोधन गर्न सकिन्छ ।’

कार्यक्रममा वडाका स्थानीयको सहभागिता थियो ।

तपाइँको प्रतिक्रिया ।