बुढानिलकण्ठका कर्मचारी फोटो र सेल्फिमा मस्त ,कार्यक्रम व्यवस्थापनमा कस्ट
कपन अनलाइन
काठमाडौं ,मंसिर १७।
बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीहरुमा फोटो खिच्ने र खिचाउने सोख प्रष्ट देखिन्छ । उनीहरुको फोटो क्रेज देख्दा नगरपालिकाको कार्यक्रममा हैन कुनै बनभोजमा गए झै देखिन्छ ।
कार्यक्रम चलिरहेको बेलामा पनि कर्मचारीहरु कार्यक्रम ब्यवस्थापनको आफ्नो दायित्व भुलेर कार्यक्रम स्थल मै आगन्तुकहरुलाई नै असजिलो हुने गरि फोटो सेसनमा मस्त देखिन्छन ।
नगर पालिकाको भवन उद्घाटन जस्तो महत्वपूर्ण कार्यक्रम चलिरहेको बेलामा ब्यवस्थापनमा सकृय हुनुपर्ने कर्मचारी कार्यक्रम लथालिङ्ग बनाउने गरि फोटो सेसनमा मस्त देख्दा लाज लागेको एक सहभागीले बताए ।
“जनप्रतिनिधिहरु ५ बर्ष तर कर्मचारी ६० बर्ष ” भन्ने गलत मनोरोग बाट ग्रसित बुढानिलकण्ठका कर्मचारीहरु काम नगर्ने , सुविधा लिने र रमाइलो गर्ने काममा निकै अग्रसर हुने र सेवा प्रवाह गर्ने काममा भने उदासिन हुने गरेको भान भएको नगर पालिकाका एक सल्लाहकार बताउँछन।
यहि मंसिर १६ गते भएको बुढानिलकण्ठ नगरपालिकाको भवन उद्घाटनको वेलामा पनि कार्यक्रम व्यवस्थापन गर्न आगन्तुक लगायतका अतिथिहरुलाई व्यवस्थित गरेर मिलाउने काममा सक्रिय हुनु पर्ने कर्मचारी कोहि कार्यक्रम स्थलमा ,कोहि भवनको ढोकामा त् कोहि भवनको छत्मा फोटो खिच्नमा मस्त थिए।
हेर्नुहोस बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीको फोटो तथा सेल्फी मोह :