प्रदेश–३ को भौतिक पूर्वाधार मन्त्रालयले आफ्ना मातहतका कार्यालय भवन वनाउँदै

प्रदेश–३ को भौतिक पूर्वाधार मन्त्रालयले  आफ्ना मातहतका कार्यालय भवन वनाउँदै

कपनअनलाइन

हेटौंडा, मंसिर १५ ।  प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आफ्ना मातहतका कार्यालय भवन निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षमा वजेट छुट्याएर आफ्ना कार्यालय भवन निर्माणमा प्राथमिकता दिएको हो ।

मन्त्रालयले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मकवानपुरको भवन निर्माण गर्न लागेको हो । यस भवनका लागि एक करोड रुपैयाँ वजेट छुट्याएर काम सुरु गर्न लागेको मन्त्रालयका एक कर्मचारीले वताए । त्यसैगरी खानेपानी तथा सरसफाई डिभिजन नम्बर ४ रामेछापको कार्यालय भवन, यातायात पूर्वाधार निर्देशनालयको कार्यालय भवन, यातायात पूर्वाधार कार्यालय रामेछाप, सिन्धुपाल्चोकको भवन निर्माण गर्न लागिएको हो ।

मकवानपुर जिल्लामा शहरी विकास तथा भवन कार्यालय मकवानपुर र काठमाण्डौंको कार्यालय भवन निर्माण गरिने भएको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौंडाले जनाएको छ । सवैजसो भवन निर्माण गर्नका लागि एक करोड रुपैयाँका दरले रकम छुट्याइएको छ । पाटन ढोका ततनी मंका खल भवन, ललितपुर महानगरपालिकामा व्यावसायीक ट्रेनिङ सेन्टर निर्माण गरिने मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।