विद्या !

विद्या !

कपनअनलाइन

काठमाडौं, मंसिर १३ । गोविन्दशरण उपाध्याय

ज्ञान नै वेद हुन् । वेद नै ज्ञानको प्राचीनतम सङ्कलन हो । वेदमा सनातन हिन्दू संस्कृति र संस्कारको जग छ । विद्या वेदको सार तत्व हो । वेदले हरेक मानिस सुशिक्षित हुनुपर्छ भन्ने उपदेश दिन्छ । त्यसै भएर विद्या नै मानिसको सबैभन्दा उत्तम सम्पत्ति हो । विद्या नै मान्छेको सबैभन्दा असल सम्पत्ति हो । किनभने यो जति दान गर्यो उति नै बढ्छ, फैलिन्छ र झान्गिन्छ । त्यसैले ऋषिमुनिहरूले विद्यादानलाई सबैभन्दा श्रेष्ठतम दान भनेर सुझाए । हामी तिनै ज्ञानी ऋषिमुनि मुनिका सन्तान हौँ । हाम्रा हरेक सन्तति पढे लेखेको हुनुपर्छ । वेदले विद्यालाई अमृत भन्छ । विद्वान मान्छे अमृत हुन्छ । विद्वान मान्छे ज्ञानी हुन्छ । विद्वान् मान्छे सदाचारी
हुन्छ । विद्वान मान्छे परोपकारी हुन्छ । विद्वान मान्छेको चरित्र अनुकरण गरिन्छ । विद्वान मान्छे सङ्गत गर्न योग्य हुन्छ । विद्वान मान्छेले मातापिताको आदरसम्मान र लालनपालन गर्छ । अतिथिको सम्मान तथा सत्कार गर्छ । राजकीय नियमहरूको स्वविवेकले पालन गर्छ । विद्वान् मान्छे नम्र तथा प्रगतिशील हुन्छ । विद्वान् मान्छेका लागि विश्व नै एकाध परिवार हुन्छ । विद्वानले धर्म, अर्थ र कामको
मर्यादापूर्वक उपयोग गर्छ । विद्वान मान्छे संसारमा बांधिन्न । विद्वान मान्छेका लागि मोक्ष नै सबभन्दा ठूलो सम्पत्ति हुन्छ ।

तपाइँको प्रतिक्रिया ।