मेलम्ची नगरपालिकाका युवा स्वयंसेवकलाई उद्घोषण कलाको तालिम प्रदान

मेलम्ची नगरपालिकाका युवा स्वयंसेवकलाई उद्घोषण कलाको तालिम प्रदान

कपनअनलाइन

मेलम्ची,मंसिर १०। मानव बेचबिखनविरुद्ध लामो समयदेखि सक्रिय संस्था शक्ति समुहद्वारा मेलम्ची नगरपालिकाका युवा स्वयंसेवक सम्बाहकहरुलाई उद्घोषण कला तथा नेतृत्व विकासको तालिम प्रदान गरिएको छ।

मेलम्ची नगरपालिकाका ७ वटा वडामा विभिन्न क्षेत्रमा सक्रिय भएका युवा परिवर्तन संवाहक (YCA) हरुलाई मेलम्ची गेस्टहाउसमा सो तालिम प्रदान गरिएको हो। मेलम्ची नगरपालिकाका विभिन्न वडाहरुमा हुने घरेलु हिंसा मानव बेचविखन तथा अन्य विभिन्न विषयहरुमा सचेतना प्रदान गर्न तथा विभिन्न गतिविधिहरूमा सक्रिय रहन युवाहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो तालिम तीन दिनसम्म चलेको थियो।

सैद्धान्तिक र प्रयोगात्मक दुवै तर्फबाट प्रदान गरिएको तालिममा प्रशिक्षक दिलिप कोइराला र पुन्यराज पुडासैनीले प्रशिक्षण दिएका थिए भने अन्य सहभागीहरूको पनि समूहगत प्रस्तुति रहेको थियो। ३२ जना युवा परिवर्तन संवाहकहरूको सहभागिता रहेको सो तालिममा सामाजिक परिचालक तथा अन्य विभिन्न सामाजिक कार्यकर्ताहरु र शक्ति समूहका कर्मचारीहरूको पनि सहभागिता रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।