प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

कपनअनलाइन

काठमाडौं, मंसिर १०। स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री ओलीले धापासीस्थित ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलायसिस गर्दै आएका थिए । हालसम्म उनको चारपटक डायलासिस भएको छ ।
तपाइँको प्रतिक्रिया ।