महिला हिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत हेटौंडामा दीप प्रज्ज्वलन सहित हिंसा विरुद्द लागिपर्ने प्रतिबद्दता

महिला हिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत हेटौंडामा दीप प्रज्ज्वलन सहित हिंसा विरुद्द लागिपर्ने प्रतिबद्दता

कपन अनलाइन

मकवानपुर मंगसिर १०।महिला हिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत आइतबार  मकवानपुरको हेटौंडाको बुद्दचोकमा दीप प्रज्ज्वलन गरी ‘हामी हिंसा गर्दैनौ र सहदैनौ’ भन्दै महिला हिंसा विरुद्द लागिपर्ने प्रतिबद्दता जनाइएको छ ।‘समानताको पुस्ता, बलात्कार विरुद्दको ऐक्यबद्दता ’ भन्ने नारा सहित अखिल नेपाल महिला संघ (अनेमसंघ) मकवानपुर र अखिल नेपाल महिला संघ (अनेमसंघ) क्रान्तिकारीले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा यस्तो प्रतिबद्दता जनाइएको हो ।

 साँझ बुद्दचोकमा भेला भएका महिलाले हात हातमा मैन बत्ती बालेर गोलो घेरा बनाई हिंसा विरुद्द सामुहिक प्रतिबद्दता गरिएको हो । कार्यक्रममा अनेमसंघ मकवानपुरका अध्यक्ष तथा भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाले कसैले पनि हिंसा गर्न नहुने र सहन पनि नहुने बताएकी थिइन्  । उनले महिला हिंसा विरुद्दको अभियान सबै पालिकामा सञ्चालन गर्नुपर्नेमा पनि जोड दिदै अहिले बिध्यमान महिला हिंसा संगै पुरुष हिंसा पनि भएकाले लैङ्गिक रुपमा हिंसा अन्त्य गर्न जरुरी रहेको  समेत बताइन् ।

 उनले थप्दै भनिन ‘ अहिले महिला मात्र होइन, पुरुष पनि हिंसामा परेका घटनाहरु सार्वजनिक भइरहेका छन्  त्यसैले  लैङगिक रुपमा हुने सबै खालका हिंसा अन्त्य गर्नका लागि हामी सबै लागिपर्नु अहिलेको आवश्यकता हो’ ।‘हिंसा जसले र जतिसुकै ठूलो पदमा पुगेको मान्छेले हिंसा गरेको भएपनि सजायको भागीदार हुने कानून नेकपाको सरकारले लागू गरेको छ ।’ उनले महिलालाई विकास निर्माणको अभियानमा सहभागी हुन आग्रह गर्दै विकास निर्माणको काममा नलागेमा महिला पछाडी पर्ने  समेत बताइन् । कार्यलयमा काम गर्ने र जनताको काम गर्ने दौरानमा अनुगमनको पाटोमा उपाध्यक्षहरुको भयता पनी उनीहरुलाई जानकारी नगराईकन गरिने प्रचलन पनि हिंसाभित्र पर्ने हुनाले यसको खुलेर प्रतिरोध गर्नुपर्ने उनको भनाई  रहेको थियो ।

अनेम संघ धेरै महिला आबद्द भएको महिला अधिकार रक्षामा लागिपर्ने सङ्गठन भएको बताउँदै रानाले महिला हिंसा विरुद्दको १६ दिने अभियानलाई सफल बनाउँन सबै सरोकारवालालाई आग्रह गरेकी थिइन्  । करिब तीन सय जना महिलाको सहभागिता रहेको कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ लगायतको सहभागिता रहेको थियो  ।

सौजन्य : लोक खबर

तपाइँको प्रतिक्रिया ।