प्रदेश–३ सरकारले मकवानपुर र काठमाडौंमा हाइटेक नर्सरी स्थापना गर्ने
कपनअनलाइन
हेटौंडा,मंसिर ६ । प्रदेश नम्बर ३ सरकारले दुईवटा जिल्लामा हाइटेक नर्सरी स्थापना गर्न लागेको छ ।
चालु आर्थिक वर्षमा वजेट समेत छुट्याएर हाइटेक नर्सरी स्थापना गर्न लागिएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रमालयले मकवानपुर र काठमाण्डौ जिल्लामा उच्चतम प्रविधिको प्रयोग गर्दै हाइटेक नर्सरी स्थापना गर्न लागेको हो ।
चालु आर्थिक वर्षमा हाइटेक नर्सरी स्थापना गर्नका लागि ६ करोड रुपैयाँ समेत छुटेयाएर काम गर्ने तयारी गरिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले जानकारी दिएका छन् । हाइटेक नर्सरीमा फलफूल र जडिवुटीका विरुवा उत्पादन गर्ने तयारी गरिएको उनले वताएका छन् ।
पहिले जतीपनि वनका नर्सरी स्थापना भएर विरुवा उत्पादन गरेपनि घाँस र रुख जातका विरुवा मात्र उत्पादन भएको वताउँदै मन्त्री नेपालले भने‘अव हाइटेक नर्सरीबाट भने उन्नत जातका फलफूल र जडिवुटीका विरुवा उत्पादन गर्ने गर्ने लक्ष लिएका छौ । वन कार्यालयकै जग्गालाई उपयोग गरेर नर्सरी वनाउन लागेका हौं । काठमाण्डौमा भने नर्सरीका लागि जग्गा पाउन अली समस्या भईरहेको छ ।’
हाइटेक नर्सरीमा साना खालका विरुवा भन्दा पनि अली ठुला र गुणस्तरिय विरुवा उत्पादन गर्ने लक्ष मन्त्रालयले लिएको छ । बिभीन्न जातका विरुवा रोपीएपनि पहिले भने रोपेका आधा विरुवा पनि नहुर्कने, त्यसै मर्ने र शहरका व्यक्तिले नरुचाउने विरुवा उत्पादन भएका थिए । तर, अव भने सवैलाई आवस्यक विरुवा हाइटेक नर्सरीबाट उत्पादन गर्ने र प्रदेशका सवै जिल्लामा वितरण गर्ने मन्त्री नेपालका निजी सचिव नवराज पुडासैनीले जानकारी दिए । हाइटेक नर्सरीमा उच्चतम प्रविधिको प्रयोग गरेर विरुवा उत्पादन गर्ने र प्रदेशका १३ जिल्लामा वितरण गर्ने मन्त्रालयको योजना रहेको पुडासैनीले वताएका छन् ।