नेप्स चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगितामा आयोजक नेपालय इंगलिस पब्लिक स्कुल फाइनलमा प्रवेश

नेप्स चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगितामा आयोजक नेपालय इंगलिस पब्लिक स्कुल फाइनलमा प्रवेश

कपन अनलाइन

काठमाडौँ, मंगसिर ६ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा संचालित नेपालय इंगलिस पब्लिक स्कुल (नेप्स) र बेशीगाउ युवा युवा समूहको संयक्त आयोजनामा भएको नेप्स चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगिता  गत शुक्रबार बाट सुरु भएको छ। नेपालय इंगलिस पब्लिक स्कुलको खेल मैदानमा संचालन भएको सो प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका भित्र संचालन भएका २२ र तीन वटा पाउना टिम सहित कुल २५ वटा टिमले सहभागिता जनाएका छन ।

शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गरी  अन्य शैक्षिकसंस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य राखेर शुक्रबार बाट सुरु भएको सो प्रतियोगिता मंगसिर ७ समापन हुनेछ।

उक्त प्रतियोगिताको बुधबार सेमिफाइनलका  खेलहरु  सम्पन्न भएको छ । पहिलो सेमिफाइनल खेल आयोजक नेपालय इंगलिस पब्लिक स्कुल र समता स्कुल बीच भएको थियो निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा आयोजक नेपालय इंगलिस पब्लिक स्कुलले समता स्कुललाइ ३ –० को फराकिलो गोल अन्तरले पराजित गर्दै नेप्स कपको उपाधि नजिक पुगेको हो।

नेपालय स्कुलको लागि जर्सी नं ४ का खेलाडी बिशाल तामाङ जर्सी नं ९ का मनिष मगर र जर्सी नं  १० का सरोज कार्कीले एक एक गोल गर्दै टिमलाइ फाइनलको यात्रा तय गराए  ।समता स्कुल को तर्फ बाट कुनै पनि गोल हुन् सकेन ।

सो खेलको म्यान अफ द म्याच नेपालय इंगलिस पब्लिक स्कुलका जर्सी नं ९ का खेलाडी मनिष मगर घोसित भए संगै उनले नेपालय अंकित टिशर्ट प्राप्त गरे।फाइनल खेल मंगसिर ७ गते शनिबार आयोजक नेपालय इंगलिस पब्लिक स्कुल र साइपाल एकेडमी बीच हुनेछ भने तेस्रो स्थानको लागि शनिबार नै कान्ति भैरब गुरुकुल र समता स्कुल बीच हुनेछ।मंगसिर ७ गते सम्म चल्ने सो प्रतियोगितामा  प्रथम दितीय र उत्कृष्ट  हुने टिमले क्रमश  नगद रु १० हजार ,५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। सो प्रतियोगितामा रेफ्रीको भूमिकामा रेफ्री प्रदिप लामा र कृष्ण चौधरीले  निभाइरहेका  छन्।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।