कान्ति भैरब गुरुकुल (नेप्स) चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश
कपन अनलाइन
काठमाडौँ, मंगसिर ५ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा संचालित नेपालय इंगलिस पब्लिक स्कुल (नेप्स) र बेशीगाउ युवा युवा समूहको संयक्त आयोजनामा भएको नेप्स चौथो अन्तर बिध्यालय फुटबल प्रतियोगिता शुक्रबार बाट सुरु भएको छ। नेपालय इंगलिस पब्लिक स्कुलको खेल मैदानमा संचालन भएको सो प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका भित्र संचालन भएका २२ र तीन वटा पाउना टिम सहित कुल २५ वटा टिमले सहभागिता जनाएका छन ।
शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य राखेर शुक्रबार बाट सुरु भएको सो प्रतियोगिता मंगसिर ७ समापन हुनेछ । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल बुधबार सम्पन्न भएको छ । अन्तिम क्वाटरफाइनल खेल कान्ति भैरब गुरुकुल र सांग्रिला पब्लिक स्कुल बीच भएको थियो। उक्त खेलमा कान्ति भैरब गुरुकुलले सांग्रिला पब्लिक स्कुललाइ पेनाल्टी शुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
निकै नै प्रतिस्पर्धात्मक देखिएको उक्त खेलमा कान्ति भैरब गुरुकुलले सुरुवाती अग्रतालिएको थियो । कान्ति भैरब गुरुकुलका लागि जर्सी नं १६ का संजय खतिवडाले १ गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।कान्ति भैरब गुरुकुलले सुरुवाती चरणबाटै आक्रामक खेल खेले पनि उसको डिफेन्स कमजोरीलाइ पहिल्याउदै सांग्रिला पब्लिक स्कुलका जर्सी नं १० का राहुल तामाङले आकर्षक गोल गरी खेललाइ१-१को बराबरीमा ल्याए ।
निर्धारित समय सम्म थप गोल हुन नसकेपछि रेफ्री प्रदिप लामाले पेनाल्टी शुट आउट मार्फत खेलाएका थिए। पेनाल्टी शुट आउटमा कान्ति भैरब गुरुकुलले सांग्रिला पब्लिक स्कुललाइ ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।उक्त खेलको म्यान अफ द म्याच कान्ति भैरब गुरुकुलका जर्सी नं १० का भरत नेपाल घोसित भए संगै उनलाइ नेपालय अंकित टिशर्ट प्रदान गरिएको थियो ।
बुधबार अपरान्ह सेमिफाइनलका खेलहरु समेत सम्पन्न भएको थियो । मंगसिर ७ गते सम्म चल्ने सो प्रतियोगितामा प्रथम दितीय र उत्कृष्ट हुने टिमले क्रमश नगद रु १० हजार ,५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। सो प्रतियोगितामा रेफ्रीको भूमिकामा रेफ्री प्रदिप लामा र कृष्ण चौधरीले निभाइरहेका छन्।
फोटो : सरोज बस्नेत